जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौँ : काँग्रेस महामन्त्री शर्मा

2022-12-06 मा प्रकाशित

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् ।

गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्र मात्रै भएको स्पष्ट पारे। “ प्रतिस्पर्धीलाई भन्दा १४ र १५ हजार मतदिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्न “ उनले भने,“तपाईंहरुको यो विश्वासले थप आत्मविश्वास बढेको छ।“

उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे। आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नु पर्ने पक्षमा रहेको बताएका शर्माले केही दिन अघि आफू काठमाडौँ पुगेर त्यसको पेश्की भूमिका निर्बाह गरेको उल्लेख गरे। “ लोपोन्मुख तथा अल्पसंख्यक समुदाय , महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आआफ्नो स्थानबाट योगदान गरिरहनु भएको छ“ झापा १ का नवनिर्वाचित सांसद समेत रहेका शर्माले भने,“ देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ।“

उनले देश बनाउने भूमिका प्रधानमन्त्रीलाई दिने पद्धति नै बदल्नु पर्नेमा जोड दिए। भोट दिएर जिम्मेवारी सकिने होइन मतदाता र उपविजेताको काम कहिल्यै नसकिने बताए । “सिंहदरबार मात्रै देश होइन,सबै काम र पेशा गर्बे व्यक्ति मिलेर बसेको भूगोल नै देश हो“ शर्माले भने,“राष्ट्र निर्माण आमूर्त चिज होइन, विदेशमा रहेकाले कमाएर पठाएको पैसाले देशको अर्थतन्त्रको धुकधुकी बचाएको छ।“

देशलाई जोगाउन काम गर्ने हरेक व्यक्तिलाई आफूले सम्मान गर्न चाहेको शर्माको तर्क छ । “प्रेमको विजारोपण झापा १ बाट देशभर पुर्‍याउने योजना रहेको उनले सुनाए। झापा १ मा प्रतिस्पर्धा गरेका सबै उम्मेदवार एक ठाउँमा बसेर राय संकाय गर्ने, त्यही अनुरुप योजना बनाउने र काम गर्दै अघि बढ्ने पक्षमा आफू रहेको उनले बताए । “जनादेशलाई गणितको जोडघटाउले हेर्न हुँदैन, यो देश विकासका लागि घातक हुन्छ“ उनले भने,“ देश विकासका लागि म नै जरुरी छ भन्ने राजनीतिक संसकार भत्काउन आवश्यक छ।“

एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले रुपान्तरण नहुने उनको निष्कर्ष छ । काङ्ग्रेस पार्टी सभापतिका अघि कयौं विकल्प रहेको उनले बताए । देशमा युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल घनिभूत बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए। आफू सांसद, मन्त्री मात्रै होइन देशको प्रधानमन्त्री बन्ने र विकास गर्ने योजनामा रहेको उनले बताए।

“राष्ट्रिय मनोबल उँचो बनाउन रुपान्तरित मतको सम्मान गर्नसक्नु पर्छ“ उनले भने,“ हरेक व्यक्ति हारेको बुझे मात्रै जीतको मनोविज्ञान पैदा हुन्छ।“ उनले देश विकासका लागि वाद र बिचार भन्दा माथी उठेर समृद्धिको साझा खाका बनाउन जरुरी भएको औँल्याए। निर्वाचनमा सबैको साथ र पूणर् सहयोग रहेको बताएका उनले विश्वप्रकाश पर्दाको साथी भएको विश्वास दिलाए।

कार्यक्रममा नवनिर्वाचित प्रदेश सांसद गोपाल तामाङले आफूलाई माननीय नभनिदिन आग्रह गरे। यहीको छोरानाती भएकाले कार्यालय समय बाहेक अरुबेला आफू माननीयको भूमिकामा नहुने बताए ।

झापा १ प्रदेश ९ ख ० मा उपविजेता बनेका श्यामवीर लिम्बुले विचारबिहीन शक्तिको उदयले देश दुर्घटनामा जाने खतरा बढेको बताए । उनले मंसिर ४ को निर्वाचनमा भएको स्वतन्त्र समूहको उदय त्यसको प्रमाण भएको धारणा राखे । उनले हरेक राजनीति दलमा बिचारको बहस थाल्नु पर्नेमा जोड दिए ।

“राजतन्त्रसँग गणतन्त्र भाग्दा १७ हजारको ज्यान गयो, गणतन्त्रसँग राजतन्त्र भाग्दा जनताले भोट दिए“ राप्रपा उम्मेदवारसँग पराजित भएका लिम्बुके भने,“ मलाई मत हाल्ने र नहाल्नेलाई मैले राम्ररी चिनेको छ,अब पार्टीमा अन्तरसंङर्ष राँको सल्काउछु।“ काङ्ग्रेस नेताकार्यकर्ताले निर्वाचनमा दिएको साथ र सहयोग आफ्ना लागि भावनात्मक सम्पत्ति भएको उनले बताए । आफूलाई हराउन केही व्यक्तिले अराजनीतिक कुरा गरेको र त्यो राजनीति संस्कार नभएको उनको टिप्पणी छ ।

आभार समारोहमा काङ्ग्रेस केन्द्रिय सदस्य गोमा भट्टराई, काङ्ग्रेस झापा कार्यबाहक सभापति केशवराज पाण्डे, संविधानसभा सदस्य उषा गुरुङ, काङ्ग्रेस नेता राम कट्टेक, काङ्ग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा ९ एकीकृत समाजवादी० का झापा सचिव बिपी भट्टराई, उपाध्यक्ष सविता भेटवाल, नेकपा माओवादी केन्द्रका नेता राजु दाहाल लगायतले चुनावी समीक्षाका साथ आआफ्नो धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु