पाँचौ हिमालयन अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न

2022-12-13 मा प्रकाशित

कोलकाता । भारतको कोलकातामा शुक्रबारदेखि आयोजित पाँचौ हिमालयन अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न भएको छ ।

कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा तीनदिने अन्तर्राष्ट्रिय महोत्सवको समापन पश्चिम बङ्गालका पर्यटन मन्त्री बबुल सुप्रियोले गरेका हुन् ।

नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा भारतका पुर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटियालगायल अन्य थुप्रै चर्चित व्यक्तिहरूले अवलोकन गरेका थिए । कार्यक्रममा करिब दुई लाख जनाले मेलामा सहभागी भएको आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलले जनाएको छ ।

नेपाली ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिएको बताउँदै एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुनकुमार कार्कीले यसपालिको महोत्सवले नेपाली उत्पादन भारतलगायतका राष्ट्रमा प्रवर्द्धनमा टेवा पुगेको बताए ।

साथै उनले महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गरिएको बताए । महोत्सवमा नेपाल र भारतका ३६ वटा स्टल राखिएको थियो भने स्टलमा सुन्तला, किवी,एबोगार्डो, अचार, अल्लोका घरेलु उत्पादन ढाकाटोपी, दौरासुरुवाल, कोटका कपडादेखि बिभिन्न हस्तकला र हेण्डी क्यापका बिभिन्नउत्पादनले स्टल सजाइएको थियो । सहभागिहरुले कला र संस्कृति झल्काउँदै बिभिन्न जातीय नृत्य, गायन समेत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई नेपालबाट पुगेको इष्ट होराइजन अंग्रेजी माविका विद्यार्थी , बाहुनडाँगीका कलाकारहरुको प्रस्तुति तथा नेपालकै थारु जातिको नृत्य देखि बंगाली भाषि गायन र नृत्यमा दर्शक छमछमी नाचेका थिए ।

हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलका कार्यक्रम संयोजक राज सुप्रियो बसुले महोत्सव भव्यरूपमा सम्पन्न भएको बताए । उनले सबैको साथ र सहयोगमा पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सव सम्पन्न भएकोमा आभार व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु