महेन्द्रद्वार सहकारीको सभामा सम्मान

2022-12-15 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
काँकरभिट्टास्थित होटल बुटिकमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहकारी एकमात्र भरपर्दाे माध्यम भएको बताए ।


देशमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न पनि सहकारी आवश्यक देखियो बुढाथोकीले बताउँदै भने, ‘सहकारीको माध्यमबाटै देश कृषिमा आत्मनिर्भर बन्दैछ यसका लागि सबै सहकारी उत्पादनसँग जोडिनु पर्छ ।’ नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन इमान्दारी पूर्वक वैज्ञानिक र व्यावसायिक कृषि उत्पादनमा लाग्नुको बिकल्प नरहेको उनको भनाई थियो । सहकारी सदस्यहरुको जीवनस्तर उकास्ने गरी बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रमा जडिबुटी खेती सुरु गरेको भन्दै उनले सहकारीको खुलेर प्रशंसा गरे ।


कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितकुमार तामाङ, मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, काँकरभिट्टा साकोसका अध्यक्ष भूपाल शिवाकोटी, मेची सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष बिना तामाङ, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख मुना घिमिरे, जिल्ला सहकारी संघका सदस्य नारायण गौतमलगायतले बोलेका थिए ।


सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहालको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष दाहालले सहकारीको दिगो विकासको लागि ल्याएको नौ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे । ‘सहकारीले श्रममा सदस्य, सदस्यसँग सहकारी’ भन्ने नाराका साथ नयाँ योजना ल्याएको छ । लेखा प्रतिवेदन लेखा संयोजक गिरीराज धमलाले प्रस्तुत गरेका थिए ।


सो अवसरमा सहकारीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सहकारी संस्थाका सदस्य समेत रहेका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । यसरी सम्मानित हुने हरुमा वडानम्बर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, वडा नम्बर–८ का वडाध्यक्ष गिरीराज धमला, वडा सदस्यहरु कुन्दन निरौला र बिष्णुकुमार भट्टराई, वडा नम्बर–४ का वडाध्यक्ष अर्जुन कुमार कार्की र वडा सदस्य गीता लुङ्गेली मगर, वडानम्बर– ३ का वडाध्यक्ष हर्क बस्नेत र वडा नम्बर– १ का वडा सदस्य चेतबहादुर हुमागाईँ रहेका छन् । सहकारीले सम्मानित सवैलाई सम्मानपत्र सहित खादा र अविर लगाएर सम्मान गरेको हो ।
कार्यक्रमकै अवसरमा सहकारीले हात्ती प्रभावित क्षेत्रका बिभिन्न बिभिन्न संघ– संस्था तथा दस्यहरुलाई हात्तीबाट सुरक्षा दिन १०० थान टर्चलाइट प्रदान गरेको छ । सहकारीले नेपाल प्रहरी, शसस्त्र प्रहरी, डिभिजन वन कार्यालय झापा, मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुनडाँगी, ४ नम्बर वडाकार्यालय, र सहकारी संस्थाका शेयर सदस्यहरुलाई प्रतिगोटा ८५० रुपैयाँ मूल्य बराबरको टर्चलाइट प्रदान गरेको हो ।
कार्यक्रममा सहकारी संस्थाका पूर्व अध्यक्ष कृष्ण प्रसाद उप्रेती, पूर्व सल्लाकार प्रकाश भण्डारी, माधव अर्याल, डिल्लीराम घिमिरे, सुशिल आचार्य, बर्तमान सल्लाकार समितिका संयोजक पुस्कल कुमार बस्नेत, सल्लाकार सदस्यहरु इन्द्र खरेल, धनप्रसाद गुरुङ, बद्वि उप्रेती, मेचीमासु सहकारी संस्थाका अध्यक्ष भगिरथ राई, आधुनिक सहकारी संस्थाका उपाध्यक्ष मेदनी खरेल, काँकरभिट्टा क्याम्पसका अध्यक्ष कमल थापा, राप्रपमा मेचीनगर सचिव विशाल कृष्ण बाँस्तोला, एकीकृत समाजवादीका नगर अध्यक्ष हरि तिम्सिना लगायतको आतिथ्यता रहेको थियो ।
महेन्द्रद्वार सहकारी संस्थाका उपाध्यक्ष युद्धराज ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु