प्यारीभिट्टा यूवा क्लवको सचेतना कार्यक्रम

2020-07-10 मा प्रकाशित

डम्बर बराल

मेचीनगर ।कोरोनाको संक्रमणबाट बच्न माक्सअनिवार्य रुपमा प्रयोग गर्नु पर्नै भन्दै बिहीबार प्यारीभिट्टा यूवा क्लवको अगुवाईमा मेचीनगरको इटाभट्टामा सचेतना अभियान सम्पन्न भएको छ ।
यूवा क्लवको अगुवाईमा भएको कार्यक्रममा काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत तथा सदस्यहरु र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरअध्यक्ष खडानन्द भण्डारी ,प्रहरी बिट इटाभट्टाका प्रहरीलगायतको सहभागिता रहेकोथियो । कोरोनाको संक्रमण समुदायमा फैलिन नपाओस भनेर सबैलाई सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष मुक्ति काफ्लेले बताए । उनले भने बिश्व महामारीको रुपमा कोरोना फैलिदै गएको छ तर मानिस अझै स्वास्थ्य प्रति सचेत बनेको छैन त्यसैले सबैलाई साबुन पानीले हातधुन लगाएर निशुल्क रुपमा माक्स बितरण गरिएको उनले बताए ।

सहभागिहरुले अनिर्वा माक्सको प्रयोग गरौ, साबुन पानीले नियमित हात धुऔ , सामाजिक दुरी कायम गरौ , आँफुपनि बाँचौ अरुलाई पनि बचाऔ भन्ने बिभिन्न प्लेकार्ड लिएर सडकमा उभिएका थिए । उनिहरुले माक्स प्रयोग नगरी गन्तब्यमा हिडेका पैदल यात्री , मोटर साईकल तथा कारमा सवार सवैलाई रोकेर साबुन पानीले हात धुन लगाएर अनिवार्य रुपमा माक्सको प्रयोग गर्न सुभाव सहित निशुल्क रुपमा माक्स बितरण गरेको क्लवका सचिव राजमान तामाङले जानकारी दिए ।

क्लवले धुलाबारीमा समेत माक्स वितरण गरेको जनाएको छ । सरकारले सोमबारदेखि मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जनाई सकेको छ । यस अघि ईप्रका काँकरभिट्टाको अगुवाई तथा बिभिन्न संघ संस्थाको सहभागितामा काँकरभिट्टामा माक्सको प्रयोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु