नयाँ सत्ता समिकरण: प्रचण्ड प्रधानमन्त्री

2022-12-25 मा प्रकाशित

झापा,पौष १०। नेकपा एमाले लगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको अन्तिम समयमा आएर नयाँ सत्ता समिकरण बनेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले आलोपालो प्रधानमन्त्रीमा सहमति गर्दै सुरुमा आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिने निर्णय गरेको छ ।

साढे २ वर्षपछि एमालेलाई सत्ता सुम्पिनु पर्ने छ । प्रचण्डलार्ई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आजै दाबी पेश गर्ने सहमति भएको छ । त्यस्तै राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति भएको छ । प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका ६ जना सांसद छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आज ५ बजे सकिदै छ । बालकोट जानु अघि प्रचण्डले नेपाली काँगे्रस संग छलफल गर्दै प्रधानमन्त्रीको सुरुको कार्यकाल आफुले पाउनु पर्ने अडान राख्नु भएको थियो तर काँग्रेसले त्यसमा सहमति नजनाएपछि बैकल्पिक उपाय खोजिएको हो । यो संगै निर्वाचन ताका बनेको सत्ता गठबन्धन औपचारीक रुपमा समाप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु