नेपाली राष्ट्रिय कराते खेलाडी बिदाई

2022-12-26 मा प्रकाशित

मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ ।

डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका बिच मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, सञ्चारकर्मी विकास देवकोटा विभिन्न संघसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरेका हुन् ।

खेलाडीलाई हौसला प्रदान गर्न उपस्थित भएका नगर प्रमुख बुढाथोकीले खेलाडी राष्ट्रका गहना भएको बताउँदै खेलबाट नै उनीहरूको जीवन चल्नुपर्ने बताए । उनले खेलाडीले राष्ट्रको लागि आफ्नो जिवनको उर्भर समय खर्चिने गरेको भएता पनि अझै राज्यले उनीहरूलाई संरक्षण गर्न नसकेको बताए । उनले राष्ट्रका लागि खेल्ने खेलाडीहरूलाई उनीहरूको जिविकोपार्जनको सवालमा राज्यले ज्ञारेन्टी लिनुपर्नेमा जोड दिए ।

प्रतियोगिताका लागि नेपालबाट बंगलादेश जानेहरूमा बिनोद शाक्य टिम कोच, बमबहादुर श्रेष्ठ रेफ्री, अबिसा शाक्य टिम मेनेजर, कुबेरमान राई र बाबुराम श्रेष्ठ अफिसियलसहित खेलाडीहरू प्रमोद राई, अनिल पाण्डे, धनकुमार राई, आर्या शाक्य, विकास केसी, नुदेन साम्पाङ राई, आशिष राई, कर्मा लामा, कार्साङ्ग तामाङ, नवीन पुनमगर, प्रकाश ओली, विवेक गुरूङ र दिपक खड्का रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु