कोभिड १९ ले मानव बेचबिखन प्रभावितहरूलाई थप समस्या उत्पन्न

2022-12-28 मा प्रकाशित

मेचीनगर । कोरोना भाइरस (कोभिड १९) ले मानव बेचबिखन प्रभावितहरूलाई थप समस्या उत्पन्न गरेको पाइएको छ ।

मानव बेचबिखन बिरूद्घ कार्य गर्दै आएका संस्थाहरूले आज मेचीनगर नगरपालिकामा आयोजित अन्तर्देशीय मानव बेचबिखन प्रभावितहरूलाई (कोभिड१९ )ले पारेको प्रभाव र यसको समस्या अन्वेषणात्मक, खोजमुलक अनुसन्धानको निष्कर्ष सार्वजनिकिकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।

कोभिड १९ ले मानिसलाई दुरी कायम गर्न बाध्य बनाउँदा प्रत्यक्ष रूपमा फिल्डमा गएर खोजि कार्य गर्न, समन्वयका लागि पहल गर्न र सम्पर्कमा आएकाहरूलाई पनि तत्काल उद्धार गर्न सक्ने अवस्था नहुँदा स्वदेश फर्काउन समस्या भएको सरोकारवाला संस्था बताउँछन् ।

मानव बेचबिखन बिरूद्घ कार्य गर्दै आएको शक्ति समुहले कोभिड १९ का कारण उद्धार गरेर स्वदेश ल्याइएकाहरूलाई पनि व्यवस्थापन गर्न समस्या भइरहेको बताउँछ । शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङले अहिले पनि उद्धार गरिएका ८५ जनालाई आत्मानिर्भर बनाउँदै समाजमा स्थापित गराउ सकस परिरहेको बताइन् । उनले कोरोनाका कारण पछिल्लो समय रोजगारी सृर्जना गर्ने आधार नहुँदा थप समस्या पैदा हुने गरेको बताउँछिन् ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन देशको विकराल समस्या रहेको बताएका छन् । उनले समुदायमा चेतनाको कमी अशिक्षा, बेरोजगार, युवा पुस्ता बढी महत्त्वकांक्षी बन्नु लगायतका कारण यस खाले समस्याले प्रसय पाइरहेको बताए । समस्या समाधानका लागि अब तीनवटै तहका सरकार र यससँग सम्बन्धि कार्य गर्दै आएका संघसंस्था र राजनीतिक दलहरू अझ सक्रिय र सशक्त रूपमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडा नम्बर ४,६,११ र १२ का वडाध्यक्षहरू अर्जुनकुमार कार्की, ललित बहादुर तामाङ, रूद्र डाँगी र मधुसूदन निरौला, मेचीनगर १० का वडासदस्य बिशाल कार्की, मेचीनगर खाद्य विशेषज्ञ दिपेन्द्र कार्की, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेची उद्योग वाणिज्य संघध अध्यक्षध ऋषिराम तिम्सिना, माइती नेपाल प्रदेश नं १ संयोजक गोविन्द घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मानव बेचबिखन बिरूद्घ कार्य गर्दै आएका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

टि।डि।एच नर्वदा सोराली मगरले कार्यक्रमको उदेश्य माथि प्रकाश परेका कार्यक्रममा शक्ति समुहकी कार्यकारी निर्देशक बालकुमारी दर्नालले स्वागत गरेकि थिइन् ।

शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङको सभापतित्वमा आयोजना भएको कार्यक्रमको सञ्चालन शक्ति समुहका राजेन्द्र चौलागाईंले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु