गोकुलमार्ग कालो पत्रे हुने

2022-12-28 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले  गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाँउमा बोलाएर सडक कालोपत्र बनाउने सम्बन्धमा छलफल अगाडी बढाइएको हो । सरोकारवाला संगको छलफलमा मेचीनगर नगर प्रमुख बुढाथोकीसहित निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर १,२ र १५ का वडाध्यक्षहरु राजेन्द्र राई, दिपक बराल र गुणराज घट्टराई, डिई, ठेकेदारलगायत स्थानीयको उपस्थिती रहेको थियो । गोकुलमार्ग अन्तर्गत मेचीनगर १५ स्थित फडानी देखि बौद्धमोड हुँदै मेचीनगर १ नम्बर क्षेत्रसम्म कालोपत्र हुने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु