सदस्यको मनजित्दै महेन्द्रद्वार

2022-12-28 मा प्रकाशित

डम्बर बराल

काँकरभिट्टा । विगत केही वर्ष यता संकटको समाना गर्दै आएको मेचीनगर–६ स्थित महेन्द्रद्वार सहकारी संस्था सदस्यहरुको मन जित्दै नयाँ कार्यक्रमका साथ अघि बढ्न थालेको छ ।
कुनैबेला देशमै लोकप्रिय बनेको सहकारी सञ्चालक समितिको लापरवाहीका कारण उठनै नसक्ने अवस्थामा पुगेको थियो । जीवन र मरणको दोसाधमा पुगेको सहकारीलाई राजकुमार दाहाल (राजु)को नेतृत्वमा निर्वाचित कार्यसमितिले पुनर्रजीवन दिएका हो ।
दाहालले जिम्मेवारी लिएसँगै सदस्यहरु आफ्नो डुवेको रकम पाइने कुरामा आशावादी बन्न थालेका छन् । सहकारी उत्पादनसँग जोडिन थालेपछि सदस्यहरु सहकारी प्रति सकारात्मक बन्दै गएको सहकारी संस्थाका अध्यक्ष राजु दाहालले बताए । सहकारीले २०७७ मंसिरबाट औषधिजन्य पदार्थ प्रशोधा उद्योग सञ्चालन गरेसँगै सदस्यहरुलाई सहकारी र सञ्चालक समिति प्रति विश्वास बढेको उनले बताए ।
सहकारीले कूल १ करोडको लागतमा मेचीनगर ८ मा सनराइज हर्वल उद्योग सञ्चालनमा ल्याएको छ । उद्योग सञ्चालनको लागि प्रदेश सरकारबाट ७५ लाख अनुदान प्राप्त भएको थियो ।
उद्योगमा औषधिजन्य कच्चा पदार्थ तेजपत्ता, लेभन ग्रास , सिटोनेला, हर्दि, नीम, बकाइनो, मसला, तुलसी बाबरी लगायतका कच्चा पदार्थ प्रशोधन गरिरहेको अध्यक्ष दाहालले बताए ।
हामी सदस्यहरुको जीवन स्तर उकास्ने अभियानमा छौं, अध्यक्ष दाहालले भने, ‘सदस्यसँग प्रत्यक्ष जोडिने कार्यक्रम ल्याएकाछौं । केही वर्ष यता सदस्यहरु सहकारी प्रति निराश बन्नु भएको थियो । हामीले नयाँ योजनाका साथ बिभिन्न कार्यक्रम अघि बढाएसँगै सबैको विश्वास जित्दै छौं । सदस्यहरुले उत्पादन गरेका औषधिजन्य कच्चा पदार्थ खरिद गरेर सदस्यको लागि भरपर्दाे र दीर्घकालिन आम्दानीको श्रोत बनाउँछौं ।’


उद्योगमा दैनिक २ मेट्रीकटन कच्चा पदार्थ प्रशोधन गर्ने क्षमता भएपनि पर्यात कच्चा नआउँदा पूर्ण रुपमा उद्योग सञ्चालन हुन समस्या भइरहेको अध्यक्ष दाहालको भनाई छ ।
पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढीरहेको सहकारीले यस वर्षबाट औषघिजन्य विरुवा समेत रोपण सुरु गरेको छ । सहकारीले हात्ती प्रभावित क्षेत्र मेचीनगर १,४,५ र ६ नम्बर वडाको दशगजा क्षेत्रमा सदस्य किसानको खेत बारीमा विरुवा रोपण सुरु गरेको छ ।
दुई वर्ष भित्रमा १ सय विगाह जमिनमा सिटोनेला, लेवन ग्रास र तेजपत्ता लगाउने अभियानमा अघि बढेको सहकारीले हालै २५ विगाह क्षेत्रमा सिटोनेला र लवनग्रास प्रजातिका विरुवा रोपिसकेको अध्यक्ष दाहालले बताए । सो कार्यक्रमको लागि प्रदेश सरकारबाट सहयोग प्राप्त भएको उनले बताए । कूल ५० लाखको कार्यक्रममा ७५ प्रतिशत प्रदेश सरकारले र २५ प्रतिशत सहकारीको लागत सहभागिता रहेको समितिले जनाएको छ ।


सहकारीले सदस्यहरुको खेतमा उक्त औषधिजन्न बनस्पति रोपण गरेको हो । उत्पादन सुरु भएपछि प्रतिकिलो रु ८ रुपैयाँमा खरिद गर्ने सदस्य र सहकारीबीच सम्झौता भएको समितिले जनाएको छ ।
देशमै अब्बल सहकारीको रुपमा नेपाल सरकारबाट पुरस्कृत भएको महेन्द्रद्वार २०५७ सालबाट ओरालो लागेको तथ्याङकले देखाउँछ । भने २०६४ सालमा आइपुग्दा सहकारी चल्नै नसक्नेगरी संकटमा फसेको थियो । त्यसपछि ८ वर्ष सुस्त गतिमा रहेको सहकारी २०७३ सालमा राजकुमार दाहाल (राजु) ले नेतृत्व सम्हालेसँगै क्रमश अघि बढेको देखिन्छ । सहकारीमा आर्थिक संकट सिर्जना भएपनि यसले बिभिन्न क्षेत्रमा जग्गामा लगानी गरेर स्थित पूँजी भने जोडन सफल भएको छ ।
सहकारी दुई करोड ३६ लाख घाटामा थियो । सदस्यहरुको ५ करोड ५६ लाख बचत फिर्ता गर्नु थियो हामी सँग पैसा थिएन अध्यक्ष दाहालले भने, ५ वर्षमा २ करोड ३६ लाखको घाटालाई ८० लाखमा झार्न सफल भएका छौं । सदस्यको बचत फिर्ता गर्न अव १ करोड २५ लाख बाँकी छ । आगामी २ वार्षमा सवै रकम फिर्ता गरिसक्छौं ।’
सहकारीले आर्थिक वर्ष ०७८ ÷०७९ को असार मसान्त सम्ममा २ लाख ४५ हजार नाफा कमाउन सफल भएको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले जेष्ठ नागरिक खाताखोल्ने सदस्यहरुलाई दीर्घ रोगलागेमा ५ हजार उपचार खर्च तथा सवै सदस्यलाई झापा भर एम्बुलेन्सको प्रयोगमा २० प्रतिशत छुट को सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

 

https://www.facebook.com/100050049773436/videos/874540993698337/

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु