३५ विपन्न परिवार र टोल विकास संस्थालाई तेलपानी सामुदायिक वनको सहयोग

2022-12-29 मा प्रकाशित

मेचीनगर । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनले बिहीबार आफ्नो वन क्षेत्रमा रहेका विपन्न ३५ परिवारलाई खाट तथा १० वटा टोलविकास संस्थाहरुलाई एक ÷ एक थान कुर्सी र टेवल वितरण गरेको छ।
सामुदायिक वनले गरिवी न्यूनीकरण कार्यक्रम अन्र्तगत उक्त सामाग्री हस्तान्तरण गरेको वन समूहका अध्यक्ष पर्शुराम पोख्रेलले जानकारी दिए । हामीले वनको नीति तथा कार्यक्रममै गरिवी न्यूनीकरण कार्यक्रमलाई राखेका छौं । अध्यक्ष पोख्रेलले भने,‘वन क्षेत्रमा रहेका अतिविपन्न सदस्यहरुको पहिचान गरी खाट वितरण गरेका हौं । यो अभियानलाई हामी निरन्तरता दिन्छौं ।’
समितिले वन क्षेत्र अन्र्तगत रहेका १० वटा टोल विकास संस्थालाई समेत कुर्सी र टेवल वितरण गरेको छ ।


मेचीनगर–३ का वडाध्यक्ष हर्क बहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि बस्नेतले समाज रुपान्तरण अभियानमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
अध्यक्ष बस्नेतले ३ नम्बर वडाको समग्र विकासमा आफू क्रियाशील रहेको बताउँदै शिक्षा, स्वास्थ्यलगायत वडावासीको जीवन स्तर उकास्ने बिभिन्न कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको बताए ।
प्रमुख अतिथि बस्नेतले सहभागीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सामुदायिक जिल्ला महासंघ झापाका अध्यक्ष वेद प्रकाश भण्डारी, खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुष्प गुरागाँई, समाजसेवी सचिन निरौला, वडा सदस्य गीता देवी नेपाल लगायतले बोलेका थिए ।
उपाध्यक्ष रामबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन तेलपानी सामुदायिक वनका सल्लाकार समिति संयोजक चन्द्रकुमार बोहोराले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु