हात खुट्टा नभएका ६० जनालाई कृतिक हातखुट्टा वितरण गरिने

2022-12-31 मा प्रकाशित

डम्बर बराल
बाहुनडाँगी,१६ पुस । झापा जिल्लामा पहिलोपटक अपाङ्गता भएका मानिसहरूलाई कृतिम हात खुट्टा वितरण गरिने भएको छ ।
ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको –२ बौद्वमोडको आयोजनामा जिल्लाका ६० जना हातखुट्टा नभएका मानिसहरूलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने सहकारीले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो ।
आगामी माघ २१ गते मेचीनगर –३ स्थित बौद्धमोड इङ्लिस स्कूलको परिषरमा  स्वास्थ्य क्याम्प आयोजना गरी अपाङ्गता भएका मानिसहरूको आवश्यकता अनुसार नाप लिने र त्यसपश्चात सो सामाग्री वितरण गरिने आयोजक संस्थाका संयोजक तथा सहकारी संस्थाका अध्यक्षा सचिन निरौलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अपाङ्गता भएका मानिसहरु कष्टकर जीवन बाँचिरहेका छन् । अध्यक्ष निरौलाले भने,‘ पूर्ण शरिर नहुँदा जीवन निर्वाह कठिन भइरहेको छ । हामी शारिरिक रुपमा अशक्त त्यस्ता व्याक्तिको खोजीगरी कृतिम हातखुट्टा वितरण गछौं ।’
सहकारीले आगामी दिनमा बाहुनडाँगीलाई कृतिम हातखुट्टा उत्पादन तथा वितरण केन्द्रको रुपमा स्थापित गराउने गरी गृहकार्य थालेको र बिभिन्न क्षेत्रमा सम्पर्क समेत अघि बढाएको अध्यक्ष निरौललो जानकारी दिए ।
पहिलो चरणमा झापा ६० जनालाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने छ । अध्यक्ष निरौलाले पत्रकार सम्मेलनमा भने, हामी क्रमश प्रदेश हुँदै नेपालभरीका अपाङ्गता भएकाहरूलाई आवश्यकताको आधारमा कृतिम हातखुट्टा वितरण गर्छौं ।’
कृतिम हातखुट्टा निर्माण संस्था नारायणी सेवा संस्था उदयपुर भारतको सहयोग तथा नेप इण्डीया फाउण्डेशन कालेम्पुङ्को समन्वय र आर्थिक सहयोगमा आयोजना हुन लागेको सो कार्यक्रमको आयोजना ब्रम्हाण्ड अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्थाले गर्ने भएको हो ।
सो कार्यक्रमको लागि समाजसेवी रुकमणि काफ्लेले महत्व पूर्ण भूमिका निर्वाहगरेर बाहुनडाँगीमा कार्यक्रम ल्याउन सफल भएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कार्यक्रमकी प्रमुख अतिथि तथा नेप इण्डिया फाउण्डेसन कालेम्पोङ्की सचिव इन्दिरा शर्माले फरक क्षता भएका व्याक्तिलाई समाज र राज्यले हेर्ने दृष्टिकोड समेत बदल्नु पर्ने बताइन् । अपाङ्गता भएका व्याक्तिलाई पनि अरु जस्तै हिड्न र जीवन जिउन मन लाग्छ । शर्माले भनिन् , ‘हामी त्यस्ता व्याक्तिको खोजीगरी उनीहरुलाई कृतिम हातखुट्टा वितरण अभियानमा छौें ।’ उनले अपाङ्गता भएका व्याक्तिलाई कृतिम हातखुट्टा वितरण गर्दा ठूलो पुन्यको काम हुने बताउँदै यसकिसिमको अभियानमा सचेतना जगाउन र सहयोग गर्न उनले सबैसँग आग्रह गरिन् ।
कार्यक्रममा बौद्वमोड सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, बौद्वमोड टोलविकास संस्थाका अध्यक्ष भीमकुमार चौलागाईँ, नेपाल राष्ट्रिय अपाङ्ग पुनस्थापना केन्द्र बाहुनडाँगीका अध्यक्ष युवराज बस्नेत, पं. मुकुन्द नेपाल, समाजसेवी रमेश रिजाल लगायतले आयोजकलाई धन्यवाद दिँदै कार्यक्रमलाई व्यवस्थित गर्न आफूहरुको समेत सहयोग रहने प्रतिवद्वता समेत व्यक्तगरे ।
कार्यक्रममा दमक अपाङ्ग सहयोग समिति तथा रुद्र गौरी फउण्डेसनले समेत सहयोग गर्ने आयोजकलेंं जनाएको छ । सहकारीले यस कर्याक्रमलाई सफल पार्न तथा हात खुट्टा नभएका व्याक्तिको पहिचान र खोजी गर्न समाजसेवी तथा सहकारी संस्थाका सञ्चालक सदस्य नारद ढुंगानालाई फोकल पर्सन तोकेको छ । सहकारीले कृतिक हातखुट्टा आवश्यक पर्ने व्याक्तिले ९८६७५६२१८५ मा सम्पर्क गर्न र सहकारीको वेव साइडमार्फत फारम भर्न अनुरोध समेत गरेको छ ।
सहकारी संस्थाका व्यवस्थापक कुमार ढुंगानले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य केशर बहादुर बस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु