कर्मणी साकोषको छैटौं साधारण सभामा सम्मान

2022-12-31 मा प्रकाशित

कमल । कमल ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी संस्थाको छैटौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सानो केर्खामा आयोजित साधारण सभाको उद्घाटन् जिल्ला बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र प्रसाद ओलीले गरे । कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि ओलीले सहकारीको सुचाङ्क राम्रो रहकोले बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर अघि बढ्न समितिलाई आग्रह गरे ।


कार्यक्रमका अवसरमा उत्कृष्ट बचत कर्ता उत्कृष्ट ऋणीदेखि वर्ष उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा साधारण बचतकर्ता तर्फ राजन लामिछाने, बाल बचतकर्ता प्रविना नेम्बाङ, त्यसैगरी पेन्सन बचत सम्मान रजनी शाहीलाई ,जेष्ठ नागरिक सम्मान लिलामाया गौतमलाई प्रदान गरेको छ ।


सहकारीले खुत्रुके बचत सम्मान रविन सुब्बालाई र असल ऋणी सम्मान मेहरमान लिम्बूले प्राप्त गरेका छन् भने सहकारीले उत्कृष्ठ कर्मचारी सम्मान सहकारी संस्थाका व्यवस्थापक कुवेर दाहाललाई नगद सहित सम्मन पत्रद्वारा सम्मान गरेको छ । भने अन्य सम्मानित हुनेहरुलाइ खादा र टिका लगाएर सम्मान पत्र द्वारा सम्मान गरेका थियो ।

सहकारी संस्थाका अध्यक्ष त्रिलोचन गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि कमल उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारी, बाल श्रमिक सिमसार समितिका सचिव मधुसुदन अधिकारी, लगायतले सहकारीबाट मात्रै आर्थिक रुपान्तरसम्भव भएको बताउँदै व्यावसायिक उत्पादनमा सदस्यहरुलाई जोड्न अनुरोध गरे ।
कार्यक्रममा केर्खाका ट्राफिक इन्चार्ज रोहित कुमार थापा, सानो केर्खा युवाक्लवका अध्यक्ष होमराज लिम्बू, भाग्य रेखा मिश्रीत सामुदायिक संस्थाका अध्यक्ष डिल्लीराम सुवेदी, ३ नम्बर वडाका निवर्तमान वडा सदस्य लाल प्रसाद बोखिम लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष गौतमले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आगामी नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरे । सहकारीको लोखा प्रतिवेदन लेखा समितिका संयोजक विकास घिमिरेले गरेका प्रस्तुत गरेका थिए ।
सहकारी संस्थाका उपाध्यक्ष दौलत गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लेखनाथ सुवेदीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु