खेलाडी, प्रशिक्षक, पूर्व अध्यक्ष र कर्मचारी सम्मानित

2023-01-05 मा प्रकाशित

झापा । गण्डकी प्रदेशको पोखरामा हालै सन्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बिभिन्न विद्यामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षकलाई बिहीबार झापामा सम्मान गरिएको छ ।
पोखरामा भएको प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।त्यस्तै, रजत पदक विजेताहरु बक्सिङका सुस्मिता राई र अविनय राई, आर्चरीका योगिता काम्बाङ र स्मृति उप्रेती, बुद्धिचालकी कृतिसरा अधिकारी, पौडीका प्रारम्भ भण्डारी, सेपाताक्रोका सुशील विश्वकर्मा छन् ।


त्यस्तै, कास्य पदक विजेताहरु बुद्धिचालकी खुश्बु थापा र राजन सुवेदी, जुडोका निश्चल राई, मंगलु मेचे र प्रेम गुरुङ, कुस्तीका विशाल बुढाथोकी र रेनुका राजवंशी छन् ।
झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा आयोजकले समितिका पूर्व अध्यक्ष र कर्मचारीलाई समेत सम्मान गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ र झापा जिल्ला खेलकुद विकास समिति भद्रपुरको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष शंकर थापालाई सम्मान गरिएको छ । पूर्व अध्यक्ष थापाले प्रदेश १ मा आफ्नो कार्यकालमा खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको र प्रदेशमा झापाको छुट्टै पहिचान स्थापित गर्न सफल भएको भन्दै आयोजकले थापालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।


त्यसैगरी समितिले ३५ वर्ष देखि निरन्तर खेलकुद क्षेत्रमा कृयाशील रहेर खेलकुद विकास समिति झापाको कार्यालय प्रमुखको भूमिका निर्वाह गरेको भन्दै पूर्व कार्यालय प्रमुख टहलदास मैनालीलाई र लामो समय यसै क्षेत्रमा त्रियाशील पूर्व लेखापाल देवी कार्कीलाई सम्मान गरेको छ । उनीहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
त्यसैगरी आयोजकले बक्सिङ प्रशिक्षक डम्बर लिम्बू, आइटिएफ तेक्वान्दो प्रशिक्षक नविन तामाङ लाई समेत सम्मान गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको सभापतित्व तथा प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि वाग्लेले खेलाडीहरुलाई आगामी दिनमा थप उत्साहका साथ खेल क्षेत्रमा लाग्न सुझाव दिए । खेलाडीहरुलाई उच्च सम्मान गर्दै हौसला प्रदान गरेका प्रमुख अतिथि वाग्लेले सरकारी कर्मचारीहरु प्रति भने आक्रोश पोखे । बेइमान सरकारी कर्मचारीहरुको कारण देश बर्वादी तर्फ धकेलिएको बताउँदै भ्रष्ट कर्मचारीहरुलाई सरकारले कारवाहि गर्नु पर्ने बताए । खेल क्षेत्रमा राजनीति गर्नु नहुने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल उद्योगा वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, सम्मानित व्याक्ति तथा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा लगायते उत्साहका साथ खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई सुझाव दिएका थिए । कार्यक्रमकै अवसरमा पूर्व अध्यक्ष थापाले व्याक्तिगत रुपमा पदक प्राप्त खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेका थिए ।
कार्यक्रममा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेल लगायतको आतिथ्यता रहेको थियो । अध्यक्ष भण्डारीले कार्यक्रमको औचित्य प्रकास पार्दै स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु