नगरप्रमुख बुढाथोकीद्वारा नगर क्षेत्रमा सञ्चालित विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमन

2023-01-06 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तीब्रता दिएका छन् ।

यसै क्रममा आज नगर प्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदिको डिल्ली गौडा दक्षिण आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड बढीको लागतमा ३५० मिटर निर्माण कार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यक्रमको स्थलगत अनुगमन गरेका हुन् ।

राज्यको लगानीबाट बनेका जुनसुकै विकास निर्माणका योजनाहरू मापदण्ड अनुसार समयमा नै सम्पन्न गर्नुपर्ने सबैको दायित्व सबै नागरिकको हो, त्यसलाई कार्यनयन गर्न आफुले फिल्डमा नै पुगेर अनुगमन गर्ने गरेको नगर प्रमुख बुढाथोकीले बताए । उनले नगर भित्र मापदण्ड अनुसार काम अगाडि बढे नबढेको निगरानी गर्न र गलत भरको भए त्यसलाई तत्काल खबरदारी गर्न स्थलगत अनुगमन कार्य अगाडि बढाइएको जनाए । अनुगमनमा नगरप्रमुख बुढाथोकीको संयोजकत्वमा मेचीनगर १ का वडाध्यक्ष रामकुमार राई, निवर्तमान वडाध्यक्ष पासाङ तामाङलगायतको टोली थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु