निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को जिल्ला स्तरीय गायत तथा नृत्य प्रतियोगिता सुरु

2023-01-08 मा प्रकाशित

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)को आयोजनामा आजबाट दुईदिने जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका थिए ।
कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि न्यौपानेले संगीत, खेल तथा संस्कृतिक कार्यक्रमले व्यक्तिको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने भएकोले जीवन परिवर्तनमा ठूलो सहयोग पुग्ने बताए । उनले कितावी ज्ञानले मात्रै जीवनमा सफलता प्राप्त नहुने बताउँदै आन्तरिक तथा बाह्यि क्रियाकलापमा सक्रिय हुनु पर्ने बताए ।
कार्यक्रममा जिल्लाका १५ वटै पालिकाबाट सहभागि विद्यालयका विद्यार्थीहरुको रोचक प्रस्तुति रहेको थियो ।


प्रतियोगितामा यस अघि नगर स्तरिय संस्कृतिक कार्यक्रममा प्रथम भएका विद्यालय सहभागि बनेको प्याव्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले बताए ।
आज भएको कार्यक्रममा संस्कृतिक नृत्य तर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगर स्थित झापा नेशनल स्कूल प्रथम घोषित भयो । कर्णाली एजुकेशन फाउण्डेशन बुद्वशान्ति दोस्रो बन्यो भने तेस्रो सूर्याेदय इङ्लिस स्कूल दमक तेस्रो घोषित भयो ।
त्यसैगरी गायन विद्यामा (कक्षा ११ १२ तर्फ) कञ्चनजंघा इङ्लिस स्कूल विर्तामोड प्रथम, दोस्रो धृवतारा इङ्लिस स्कुल शिवशताक्षी र तेस्रो ग्लोवल इङ्लिस स्कूल दमक घोषित भयो ।
त्यसैगरी १२ वर्ष मुनिको जुनियर लेवल गायन प्रतियोगितामा रोजवड इङ्लिस स्कुल अर्जुनधारा प्रथम , प्यारागन इङ्लिस स्कुल कनकाई दोस्रो र इन्सपाइर इङ्लिस स्कुल दमक तेस्रो बन्यो ।
त्यसैगरी १२ वर्ष माथिको कक्षा १० सम्मको गायन प्रतियोगितामा ग्लोवल एजुकेयर इङ्लिस स्कुल दमक प्रथम, दोस्रो निहारीका इङ्लिस स्कुल कमल तथा चन्द्रज्योती इङ्लिस स्कुल झापा र रीजीएट इङ्लिस स्कुल दमक तेस्रो बनेका थिए ।
प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष फागोले कार्यक्रमको औचित्य प्रकास पार्दै बिभिन्न विद्याका बारेमा जानकारी गराएका थिए । वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले स्वागत गरेका थिए ।
भेलि हुने कार्यक्रममा महानायक राजेश हमाल समेत सहभागि हुने प्याब्सन बुद्वशान्तिका अध्यक्ष गंगा निरौलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु