हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

2023-01-08 मा प्रकाशित

झापा, नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी झापाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन।् ।
प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।
एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिएका थिए ।प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाई सदस्य ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो । सोही अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आइतवार ५ बजेसम्मको समय दिएका थिए । सो समय अगावै दलहरुले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए ।
मुख्यमन्त्री कार्कीको सपथ सोमवार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्कीले सोमवार नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन् ।
कार्की यस अघि नेकपा एमालेको सरकार छदा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु