इतिहास रच्दै झापा नेशनल, जिल्ला स्तरीय सांस्कृतिक नृत्यमा उपाधी चुम्यो

2023-01-09 मा प्रकाशित

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)को आइतबार सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले उपाधी हात पारेको छ ।
सांस्कृतिक नृत्य तर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल स्कुल प्रथम भएको हो ।
भद्रपुरको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन् जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने गरेका थिए । प्याव्सनले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा सांस्कृतिक नृत्य तर्फ मेचीनगरबाट पहिलोपटक झापा नेशनल स्कूलले उपाधी जितेको प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले जानकारी दिए । संस्कृतिक नृत्य तर्फ कर्णाली एजुकेशन फाउण्डेशन बुद्वशान्ति दोस्रो र सूर्याेदय इङ्लिस स्कूल दमक तेस्रो भएको आयोजकले जनाएको छ ।


विद्यालयले सोमबार विद्यालयमा एक कार्यक्रम आयोजना गरेर खुशी साटासाट गरेको छ । विद्यालयमा आयोजित कार्यक्रम पछि शिक्षक तथा विद्यार्थी उत्साहित भएर रयली समेत आयोजना गरे । विद्यालयबाट निस्किएको र्याली इटाभट्टाबाट पुन्यचोक, सिर्जनाचोक, हुँदै मदन बस्ती पुगेर पुन विद्यालयमा पुगेको थियो । जिल्लामै पहिलोपटक प्रथम उपाधी रच्न सफल भएको भन्दै विद्यालयका कोअर्डिनेटर अनुप कुमार सुवेदीले आगामी दिनमा थप उत्साहका साथ कार्यक्रममा सहभागि हुन विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई खादा र अविर लगाएर सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु