मेची मासु सहकारीको साधारण सभामा जेष्ठ सदस्य सहित चरा अभियान्ता खरेल सम्मानित

2023-01-10 मा प्रकाशित

काँकरभिट्टा,२६ पुस । मेची मासु उत्पादक सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा आयोजत कार्यक्रमको उद्घाटन् राष्ट्रिय सहकारी बैंक लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
प्रमुख अतिथि उप्रेतीले सदस्यहरुको जीवन स्तर उकास्न सहकारी उत्पादनसँग जोडिनुको विकल्प नभएको बताए । सदस्यहरुको जीवन स्तर उकास्न सहकारी भरपर्दाे माध्यम भएको बताउँदै उत्पादनसँग नजोडिने सहकारीले अव प्रतिष्पर्धा गर्न नसक्ने उनको भनाइ थियो ।
प्रमुख अतिथि उप्रेतीले मेची मासु सहकारीले स्थापनाको छोटो समयमै नाम अनुसारको काम गर्न सफल भएको भन्दै सञ्चालक समितिको प्रशंसा गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघ मेचीनगर समन्वय समितिका सचिव राजु दाहाल, सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाद प्रसाईले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्न समितिलाई आग्रह गरे ।


सो अवसरमा सहकारीले ५ जना ज्येष्ठ सदस्य तथा मेचीनगरका एक प्रतिभालाई सम्मान गरेको छ । सहकारीले जेष्ठ सदस्य सम्मान तर्फ शिवकुमारी दर्जी, पदमलाल खनाल, गोमादेवी गुरागाईँ, नरमाया तामाङ र ढिडा मुन्डालाई सम्मान पत्र सहित दोसल्ला आढाएर सम्मान गरेको थियो ।


त्यसैगरी सहकारीले प्रतिभा सम्मान पुरस्कार चरा खोजकर्ता देवेन्द्र खरेललाई प्रदान गरेको छ , विगत ६ वर्षदेखि चरा खोज अभियानमा सक्रिय हुँदै आएका खरेललाई सहकारीले नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।


सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले सहकारीले प्राप्त गरेका उपलब्धी तथा आगामी कार्यक्रमलाई समेटेर तयार पारिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । २०६५ साल जेठ २८ गते २५ जना सदस्यहरुको ५८ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीले १५ औं वार्षिक उत्सवमा आइपुग्दा २ हजार ४५० शेयर सदस्य तथा १ करोड, ३२ लाख ५५ हजार १०० रुपैयाँ चुक्ता सेयर पुँजी तथा ३२ लाख ९३ हजार ३४२ रुपैयाँ ०७ पैसा जगेडा कोष पुर्याउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले आफ्ना सदस्यहरुलाई शुद्व सफार स्वस्थ्यकर मासु उपलब्ध गराउन आर्थिवर्ष ०७९ ÷ ०८० बाट काली खोला र पालियाको दोभान पूर्व तर्फ बोइलर कुखुरा पालन सुरु गरेको जनाएको छ । भने स्वस्थकर मासु विक्रिको लागि अघिल्लो आर्थिक वर्षबाटै मेची मिट मार्ट नामको मासु विक्रि केन्द्र सञ्चालन गरिरहेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी संस्थाका उपाध्यक्ष राजकुमार पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यलय प्रमुख अनिता गुरागाँईले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु