कनकाई नदीमा पानीको सतह बढ्दै गएपछि, शिवसताक्षीका चार घर बिस्तापित

2020-07-11 मा प्रकाशित

कनकाई २७ असार । अविरल बर्ष पछि कनकाई नदीमा आएको बाढीका कारणशिवसताक्षी १० मा ४ घर सुकुम्बासी परिवार विस्थापित भएका छन् । नदिमा पानीको बहाव बढदै गएपछि उनीहरुलाई रेडक्रस झापाले दिएको त्रिपालमा सुरक्षित ढंगले सारिएको छ । झापामा बिगत चौबीस घण्टादेखिको अबिरल बर्षा अपरान्ह थामिएको भएपनि साँझ परेसँगै पून बर्ष सुरु भएको छ । उता पहाडी क्षेत्रमा समेत भारी बर्ष भइरहेको छ जसका कारण कनकाई नदीमा पानीको बहाव बढ्दै गएको छ ।

पहाडतिर वर्षा नरोकिए कनकाईको वहाव बढेर एलर्टको अवस्थामा पुग्ने सम्भावना रहेकोनेपाल रेडक्रस सोासाइटी झापाको आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हरिशरण खड्काले बताए ।

कनकाई नदीमा शनिवार दिउँसो पानीको तह ३ दशमलब १ मिटर मापन गरिएको थियो । रेडक्रसले शनिवार नै झापामा रहेका सबै उपशाखालाई नदी तटीय क्षेत्रमा समुदायलाई सतर्क गराउन ‘एलर्ट मेसेज’ पठाएको छ ।

बाढी आउने जोखिमका बेला नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले र खोला तर्नेहरुले होशियारी अपनाउन रेडक्रसले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु