आधुनिक साकोसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

2023-01-15 मा प्रकाशित

काँकरभिट्टा । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि। (आबस) का नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ ।

संस्थाको ११ औं बार्षिक साधारण सभाअन्तर्गत भएको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आइतबार पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।

निर्वाचन समितिका संयोजक टिकेन्द्र थापाले नवनिर्वाचित अध्यक्ष कमल थापा, उपाध्यक्ष युवराज भट्टराई, सचिव भिम प्रसाद लम्साल, सह(सचिव भुपाल ओली, कोषाध्यक्ष कृष्णराज पौडेल, सदस्यहरु रामबहादुर तामाङ, महतलाल राजवंशी, कवितादेवी डाँगी, कृष्णकान्त खनियाँ, बिजय भट्टराई, वर्मलाल ओझा, चुडामणी बराल र लालबहादुर लिम्बुलाई सपथ ग्रहण गराएका हुन् ।

त्यस्तै, लेखा समिति संयोजकमा निर्वाचित माधव अर्याल, लेखा समिति सदस्यमा केशवप्रसाद कोइराला र ओमप्रकाश भट्टराइलार्ई पनि निर्वाचन समिति संयोजक थापाले सपथ ग्रहण गराइएका छन् । प्रदेशसभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कमल थापाले शेयर सदस्यको हितका लागि दीर्घकालिन योजना बनाएर काम गर्ने बताए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अंगतबहादुर थापा, निवर्तमान उपाध्यक्ष मेदनीप्रसाद खरेल, समाजसेवी डिल्लीराम घिमिरे, फडिन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, निर्वतमान अध्यक्ष अंगतबहादुर थापा, समाजसेवी डिल्लीराम घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन समितिका संयोजक टिकेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन व्यवस्थापक पारस ओलीले गरेको थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु