बाहुण्डाँगीमा तरुल उत्सव

2023-01-15 मा प्रकाशित

बाहुनडाँगी । झापाको बाहुनडागीमा तरुल उत्सव आयोजना गरिएको छ । नेपालको मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नेपालमानै पहिलो पटक तरुल महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
हेपीएको पौष्टीक आहारको रुपमा रहेको तरुलको खाद्य महत्व दर्शाउन र जंग फुडको अन्त्य गर्दै अर्गानिक खाद्यपदार्थको प्रयोग बढाउने उदेश्यकासाथ उत्सव सञ्चालन भएको आयोजक समितिका अध्यक्ष मेचीनगर नगरपालिका ४ नम्बर वडाका वडाअध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

तरुल हात्तीले नखाने बाली भएको र झापाको बाहुण्डाँगी क्षेत्र हात्ती प्रभावीत क्षेत्र रहेकाले पनि तरुलको व्यवसायी खेतीको सम्भावना बलियो बनाउनसमेत उत्सवले सहयोग पुग्ने कार्कीले बताए ।

हात्तीको प्रभावलाई समेत मध्यनजर गर्दै सरोकारवालाहरुलाई ध्यानकर्षण गराउने र अन्तराष्ट्रियकरण गर्दै हात्तीको समस्यालाई हल गर्ने उदेश्य रहेको उनले जानकारी दिए।

तरुल महोत्सवमा बिभिन्न जातका नेपाल र भारतमा उत्पादन भएका तरुलसंगै, धनकुटाको एभोकाडो, चौरीको छुर्पी, किवीलगायतका स्थानीय स्तरमा उत्पादन हुने खाद्यपदार्थहरु तथा बिभिन्न सामाग्रीको स्टल राखिएको थियो ।

उत्सव संचालनका लागि मेचीनगर नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, महेन्द्रद्वारसहकारी संस्था काँकरभिट्टा र कृषी ज्ञान केन्द्र भद्रपुरले सहयोग गरेको छ ।

स्वास्थ्य जिवनको आधार मौलिक तथा जैविक आहारविहार भन्ने नाराकोसाथ बाहुण्डाँगी बजारमा संचालन भएको तरुल उत्सवको कार्यक्रमका प्रमुख अतिथि झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले उदघाटन गरेका थिए ।

तरुल उत्सवलाई प्रदेश सांसद गोपाल तामाङ, इलामको रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पर्यटन कर्मचारी तथा व्यवसायीलगायत अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरुले अवलोकन गरेका थिए । खबरखेतीबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु