मेचीनगरमा दाहाल आउने, मुख्यमन्त्रीको कार्यालय पुगे चौलागाईँ

2023-01-17 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् ।

यस अघिका प्रशासकीय अधिकृत राजकपुर चम्लगाईँ प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । चौलागाईँको कार्य सम्पादन चित्त बुझ्दो नभएको भन्दै मेचीनगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने निर्णय गरेपछि मेचीनगरका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत चम्लगाईबीच विवाद उत्कर्षमा पुगेको थियो । मेचीनगरको कार्यपालिकाको पुस १८ गतेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु