स्पन्दन विनोदको ‘मुटुभित्र देश छ‘ सार्वजनिक, म्युजिक भिडियो सहित

2023-01-17 मा प्रकाशित

काठमाडौं । केही समय अघि मात्र शार्वजनीक गरिएको चर्चित गीत “चोखो माया” गीतका गीतकार तथा कलाकार स्पन्दन विनोदको राष्ट्रिय भावले भरिएको गीत “मुटुभित्र देश छ” को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल बाहिर रहेर पनि सक्रिय साहित्यकारको छुट्टै छवि बनाउन सफल स्पन्दन विनोदको उक्त लिरिकल म्यूजिक भिडियो आफ्नै यूट्यूब च्यानल “स्पन्दन विनोद” मार्फत सार्वजनिक गरिएको हो । गीतले स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको भावना बोलेको छ।विशेषतः विभिन्न बाध्यात्मक परिस्थितिका कारण आफ्नो देश छोडेर विदेशियका नेपालीहरूले आफू जहाँ गए पनि आफ्नो देशसँगैआफ्नो भाषा– साहित्य, कला, सँस्कृति सहितको नेपाली पहिचानलाई मुटुभित्र बोकेर हिडेका हुन्छन् भन्ने मार्मिक अभिब्यक्ति शशक्तरुपमा प्रस्तुत गरिएको छ। यो गीत जनजनको प्रिय ढुकढुकी बन्ने स्पन्दन विनोदको विश्वास रहेको बताएका छन्।

कमल अधिकारीको संगीत संयोजन रहेको उक्त गीतमा पूजन मिश्रले स्वर दिएकी छिन्। उक्त लिरिकल म्यूजिक भिडियो ओम प्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो।

गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला :

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु