मेचीनगरलाई सञ्चारमैत्री बनाउने मेयरको प्रतिबद्धता

2023-01-19 मा प्रकाशित

मेचीनगर, ५ माघ । मेचीनगरलाई सञ्चारमैत्री नगरको रुपमा विकास गर्न तथा अधिकार सम्पन्न एवम् साझा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस क्लब मेचीनगरले बिहीबार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगरपालिकाले सञ्चार क्षेत्रको प्रबद्र्धन गर्न गठन गरिएको प्रतिष्ठानलाई साझा र अधिकार सम्पन्न बनाउन तथा नगरबाट प्रकाशित हुने सूचनाहरु व्यक्तिगत सामाजिक सञ्जालबाट नभई सञ्चारमाध्यमबाट हुनुपर्ने भन्दै पे्रस क्लबले ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रको व्यहोरा क्लबका सचिव देबु बानियाँले पढेर सुनाएका थिए भने क्लबका अध्यक्ष डम्बर बरालले ध्यानाकर्षण पत्र नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई हस्तान्तरण गरेका थिए । प्रेस क्लव मेचीनगरका अध्यक्षको नेतृत्वमा मेचीनगर नगरपालिका पुगेको पत्रकारको टोलीमा प्रेस क्लबका सचिव देवु बानियाँ, सहसचिव दिलिप थापा, कोषाध्यक्ष विनिसा शर्मा, प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य अर्जुन कार्की, प्रेस सेन्टर झापा जिल्ला अध्यक्ष झुलन रेग्मी, फोनिज जिल्ला अध्यक्ष भूमिका सुब्बालगायत सहभागी थिए ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बुढाथोकीले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयलाई आफूले गम्भीर रुपमा लिएको बताए । उनले सञ्चार क्षेत्रलाई मेचीनगरले प्राथमिकतामा राखेर काम गर्ने बताए । नगर प्रमुख बुढाथोकीले मेचीनगरलाई सञ्चारमैत्री बनाउने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु