बाढीले मेचीनगर–७ का ९ घर परिवार विस्थापित

2020-07-12 मा प्रकाशित

मेचीनगर । अविरल वर्षासँगै पालिया खोलामा आएको बाढीले मेचीनगर–७ का ९ घर परिवार विस्थापित भएका छन् ।

बाढीले मेचीनगर–७ स्थित सिद्वार्थ टोलका , सोनु राजबंशी,सुदिप सरकार , मदन खड्का,जयप्रकाश शर्मा, नगेन्द्र मुखिया, प्रेमबहादुर थापा, सरिता सुनुवार, निर्मला परियार र पप्पु शर्माको परिवार विस्थापित भएका हुन् ।
नदिमा पानीको बहाव बढे सँगै उनीहरुको घर डुवानमा परेका पछि शनिबार राति ९ वजे नगरपालिका र प्रहरीको सहयोगमा प्यारीभिट्टाको बसपार्कमा सारिएको थियो ।

बाढीले उक्त परिवारलाई थप जोखिम नहोस भनेर मेचीनगर प्रमुख विमल आचार्य, नेकपाका नेता माधव अर्याल, प्रहरी पोष्ट ईटाभट्टा लगायतको सहयोगमा ९ घर परिवारका ४२ जना मानिसलाई रातिनै प्यारीभिट्टाको बसपार्कमा सारिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु