महेन्द्रद्वार सहकारीको अध्ययन अवलोकन भ्रमण सम्पन्न, जडीबुटी खेती तर्फ किसान उत्साहित

2023-01-23 मा प्रकाशित

झापा । काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्था लि.को एक टोली शनिवार अध्ययन अवलोकन भ्रमणको सिलसिलामा कोसी टप्पु पुग्यो । हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीका सदस्य किसानहरुको जीवन स्तर उकास्न जडीबुटी खेती तर्फ प्रोत्साहित गरिरहेको सहकारीले आफ्ना सदस्हरुलाई प्रदेश १ का बिभिन्न क्षेत्रमा विस्तारगरिएका जडिबुटी खेती तथा प्रशोधन कारखानको अवलोकन गरेको छ ।
शनिबारबाट सुरु भएको अवलोकन भ्रमण आइतबार सम्पन्न भएको छ ।

टोलीले बेलबारी स्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी को अवलोकन गरेको थियो भने जडीबुटी प्रशोधनको प्रत्यक्ष अवलोकन समेत गर्याे । त्यसपछि टोलीले शनिवारै बराह नगरपालिका ६ स्थित सप्तकोसी कृषि सहकारी संस्थाले ४ बिगाहा क्षेत्रफलमा लगाएको लेवनग्रास प्रजातिको जडिबुटी खेतीको अवलोकन गरेको थियो । अध्ययन टोलीले सप्तकोसी कृषि सहकारी संस्थाका पदाधिकारीहरुसँग अन्तरक्रिया समेत गरेको थियो । सहभागिहरुले बढी उत्पादन लिन लिन अपनाउनु पर्ने प्रविधिका बारेका जिज्ञासा राखेका थिए । टोलीले आइतबार तरहरा स्थित बालीरोग विज्ञान प्रयोगशालाको समेत अवलोकन गरेका छ ।

जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडिबुटी खेतीलाई प्रवर्द्धन गर्न आफ्नो किसानहरूलाई जडिबुटी खेती तर्फ प्रोत्साहन गर्दै आएको छ । अन्य बालीको तुलनामा जडिबुटी खेतीबाट मनग्ये आम्दानी हुने भएपछि संस्थाले आफ्ना किसानहरूलाई जडिबुटी खेतीतर्फ प्रोत्साहन गरिएको महेन्द्रद्वार सहकारी संस्था लि का अध्यक्ष राजु दाहालले बताए ।

बाहुनडाँगी क्षेत्रमा हात्तीको आतंकले अन्य बाली तहसनहस बनाउने गरेकोले सदस्य किसानलाई जडिबुटी खेतीतर्फ सहकारीले सदस्य किसानहरूलाई प्रोत्साहित गरिरहेको अध्यक्ष दाहालको भनाइ छ । अन्य बालीको तुलनामा जडिबुटी खेतीबाट राम्रो प्रतिफल लिन सक्ने उनले बताए ।

सहकारीले हालै ३० बिगाहा क्षेत्रफलमा लेवनग्रास र सिटोनेला प्रजातिका जडिबुटी खेती सुरू गरेको छ भने, आगामी दुई बर्ष भित्रमा एक सय बिगाहा बढी क्षेत्रफलमा जडिबुटी खेती गर्ने योजना रहेको संस्थाकी व्यवस्थापक सावित्रा अधिकारीले बताइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु