लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा ‘मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिने

2023-01-24 मा प्रकाशित

मेचीनगर, १० माघ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बिभिन्न विद्याका तीन प्रतिभालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आगामी माघ १७ गते एक कार्यक्रममकाबीच मेमोरी किङ अर्पण शर्मा सहित असल बुहारी र उत्कृष्ट कृषकलाई सम्मान गर्ने भएको हो ।
प्रतिष्ठानले आज धुलाबारीको होटल रोयल निर्वाणमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका छ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व अर्पण शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिने छ ।

सबै पुरस्कारको नगद राशी ३१ हजार रुपैयाँ रहेको छ भने उहाँहरुलाई कदरपत्र प्रदान गरिने बानियाँले बताउनुभयो । पुरस्कार छनोट समितिका पाँच जना सदस्यहरुले तीन जना प्रतिभाहरुको छनोट गरेको प्रतिष्ठानका अध्यक्ष बानियाँले जानकारी गराए ।
सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान दिँदै आएको छ ।पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ लगायत पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु