बालकल्याण माविमा सरस्वती माताको मन्दिर शिलान्यास

2023-01-26 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर–५ स्थित बालकल्याण माविको परिषरमा सरस्वती माताको मन्दिर निर्माण हुने भएको छ ।
समाजसेवी स्व. धनबहादुर तामाङको स्मृतिमा छोरा राजु लामा तामाङले मन्दिर निर्माण गरिदिने भएका हुन् । बिहीबार सरस्वती पूजाको अवसर पारेर मन्दिरको शिलान्यास गरिएको छ । तामाङ हाल हङकङमा बस्तै आएका छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्वमा आयोजित शिलान्यास कार्यक्रममा विधिपूर्वक पूजा आरधना गरिएको थियो । उक्त मन्दिर स्व. तामाङकी धर्म पत्नी विष्णुकुमारी तामाङ तथा छोरीहरुको बाहुलीबाट गरिएको थियो ।
करिव ६ लाखको लागतमा ९ फुट लम्बाई र ९ फुट चौडाई क्षेत्रफलमा सरस्वतीमाताको मन्दिर निर्माण गरिने स्व. तामाङकी छोरी गंगा गिरीले बताइन् । समाजिक क्षेत्रमा क्रियाशिल तामाङको २०७४ सालमा निधन भएको थियो । राजु तामाङ सोही विद्यालयको पूर्व विद्यार्थी भएको र आफूले मन्दिर निर्माणको लागि उनीसँग पहल गरेको प्रावि इञ्चार्ज सन्तलाल माझिले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा विद्यालयका प्र.अ नारायण न्यौपाने, वि.व्य.स.पूर्व अध्यक्ष रंगलाल गिरी, अनन्त कुमार दाहाल, विद्यालयका शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु