बालकल्याण माविले गर्याे शिक्षक र अभिभावकलाई सम्मान

2023-01-26 मा प्रकाशित

सुरेन्द्रनगर । सरस्वी पूजाको अवसर पारेर बालकल्याण मावि मेचीनगर–५ ले दुई फरक विद्यामा दुई जनालाई सम्मान गरेको छ ।
विद्यालय परिषरमा आयोजित कार्यक्रममा वर्ष उत्कृष्ट एकजना शिक्षक र एकजना अभिभावकलाई सम्मान गरेको हो ।
विद्याय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षकको रुपमा विद्यालयले तारा पुरीलाई सम्मान गरेको छ भने वर्ष उत्कृष्ट अभिभावक सम्मान आइतबहादुर लिम्बूलाई प्रदान गरिएको छ । विद्यायलमा स्थापना गरिएको ओमनाथ ऋतुकुमारी स्मृति अक्षयकोषको रकमबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको विद्यालयका प्र.अ. नारायण न्यौपानेले जानकारी दिए ।
सम्मानित दुवैजनालाई नगद ५ हजार राशी सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, विद्यालयका निवर्तमान प्र.अ.नविन कुमार पाठक लगायतले बोलेका थिए । सो अवसरमा मेचीनगर–५ की वडासदस्य देवीमाया विक, विद्यालयका पूर्व वि.व्य.स अध्यक्ष रंगलाल गिरी, अनन्त कुमार दाहाल पिटिए अध्यक्ष सुभाष लिम्बू, वर्तमान वि.व्य.स.सदस्य खगेन्द्र भण्डारी, देवी गिरी, सुमित गिरी लगायतको आतिथ्यता रहेको थियो । सो अवसरमा विद्यार्थीहरुको रोचक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो ।
विद्यालयका प्रावि इञ्चार्ज सन्तलाल माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ नाराण न्यौपानेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु