झापामा खोलाले बगाएर दुई जनाको ज्यान लियो

2020-07-13 मा प्रकाशित

कचनकवल, २९ असार । अबिरल बर्षा पछि झापाका बिभिन्न नदिमा पानीको बहाव बढे सँगै खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सोमबार दिउसो कचनकवल गाउँपालिका–३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउदा मृत्यु भएको छ ।

घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु खोलामा लडेका थिए । त्यस पछि उनि उठन सकेनन्् । अचानक खोलामा लडेका टुडुको शव २०० मिटर तल खोलाको साईटमा फेला परेको प्रहरी चौकी पथरीयाले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घट्ना स्तल पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार बिरिङ नदीमा नुहाउन पसेका झापा गाउँपालिकाका वडा नं।५ का ३५ वर्षीय राजेश गणेशको समेत खोलाले बगाएर मृत्यु भएको थियो

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु