राहत वितरणलाई प्रभावकारी बनाउँ

2020-04-19 मा प्रकाशित

नेपालमा नोवल कोरोना भाइरसको संक्रमण देखा परेसँगै सरकारले लक डाउन् घोषण गर्याे । चैत ११ गतेदेखि शुरु भएको लकडाउन सरकारले चौथो पटक थप गरेर बैशाक १५ गते सम्म पुर्याउँदा जनजीवन भने प्रभावित बन्दै गएको छ । दैनिक मजदूरी गरेर खाने परिवारको चूलोमा आगो बल्न छाडेपछि यतिखेर सरकारले राहात कार्यलाई तिव्र पारेको छ ।

नेपालमा हाल सम्म ३१ जनामा कोरोनाको संक्रमण देखा परेको छ भने ३ जान निको भइसकेका छन् । कोरोना संक्रमित व्याक्ति फेलापरेसँगै सरकारले अन्य क्षेत्रमा संक्रमण फैलिन नदिन लक डाउन सुरु गरेर आम नागरिकहरुलाई घरमै बस्न आह्वान गरिरहेको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा जनतामा त्रास थपिदै गएको छ ।

भने देश भर खाध्यान्न तथा आर्थिक अभिव सिर्जना हुन थालेको छ । झापा जिल्लामा मात्र ठूलो जनसंख्या विपन्न समुदायको बसोवास रहेको छ । विशेषगरी चिया बगानका मजदूर , दैनिक ज्याला दारीमा कामगर्नै देखि यातायात क्षेत्रमा कामगर्नै मजदूर यसको प्रत्यक्ष मारमा परिरहेका छन् । उनीहरुले जम्मागरेर राखेको खाध्यन्न तथा रुपैयाँ सकिदैगएपछि यतिखेर खाध्यन्न अभाव हुँदै गएको हो । यस किसिमको संकंटको घडिमा स्थानीय सरकारले आफ्ना नागरिकहरुको अवस्थाका वारेमा प्रत्यक्ष निगरानी राख्नु आवश्यक छ ।

देशमा संक्रमण वढ्दै जाँदा लक डाउनको समय थपिदै गएको छ । यसले थप समस्या सिर्जना हुने हुदाँ धेरैले खाध्यान्न संकटको सामना गर्नु पर्नै देखिएको छ । राहात वितरणको यस अभियानमा निजि क्षेत्र र सक्षम व्याक्तिहरुले समेत सरकार सँग हातेमालो गरेर अफ्ठेरोमा परको परिवारलाई सहयोग गरिरहेका छन् । सरकारले पहिलो चरणमा भोको पेट बसेका परिवारको खोजिगरी राहत वितरण गरिसकेको छ । मेचीनगर नगरपालिकाले वास्तविक विपन्न परिवारको खोजिगरी राहत वितरण गर्न टोल विकास समितिको सहभागितामा वडाबाट पहिलो चरणमा राहत वितरण सम्पन्न गरेको छ । तर लकडाउन थपिदै जाँदा त्यो राहात सामाग्रि अभाव हुने निश्चित छ त्यसैले खाध्यान्न संकटको सामना गरेका वास्तविक विपन्न परिवारको पहिचान गरी राहात वितरण गर्नु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु