भारतको मणिपुरबाट २१ जना नेपाली महिला तथा किशोरीको उद्धार

2020-07-14 मा प्रकाशित

मेचीनगर, ३० असार⁄ रोजगारीको प्रलोभन देखाएर भारतको मणिपुर पुरयाएका नेपाली महिला तथा कीशोरीहरुलाई सोमबार राती उद्धार गरिएको छ ।
सो क्षेत्रमा लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको हो ।
एजेण्टले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुरयाएका थिए ।लकडाउन भन्दा अघि सो क्षेत्रमा पुगेका उनीहरुको नेपाल सरारका उप—सचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डों र माइति नेपालको समन्वयमा उद्धार गरिएको माइति नेपाल १ नम्बर प्रदेश प्रमुख गोबिन्द घिमिरेले बताए ।
उद्धार गरेका उनीहरु देशका बिभिन्न स्थानका रहेका छन् । उनीहरुलाई माइति नेपालको स्नेह गृह सतिघट्टामा राखिएको छ । । यस अघि पनि मणिपुरबाट १सय ७९ र २३ जना नेपाली महिला तथा किशोरीलाई उद्धार गरि नेपाल ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु