सामाजिक विकास मन्त्रालयले गर्याे रंगकर्मी नेपाल सहित एक दर्जनबढी श्रष्टालाई सम्मान

2020-07-15 मा प्रकाशित

मेचीनगर । भानु जयन्तीको अवसर पारेर प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले रंगकर्मी सहित एक दर्जनबढी श्रष्टालाई सम्मान गरेको छ ।
मन्त्रालयले भाषा, कला, साहित्य सम्मानबाट परीवर्तन थिएटर झापाकी अध्यक्ष रंगकर्मी कविता नेपालसहित एक दर्जनबढी श्रष्टालाई सम्मान गरेको हो ।
कार्यक्रममा रंगकर्मी नेपाल, झापाका कवि एवम् समालोचक मुनाराज शेर्मासहित प्रदेश १ का भाषा, कला, साहित्य क्षेत्रमा संलग्न १२ जना श्रष्टालाई नगद ५० हजार, र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
सम्मानित नेपाल झापामा रहेर दुइ दशकदेखि नाट्य क्षेत्रमा क्रियाशील छिन् भने समालोचक शेर्मा झापाका चर्चित कवि हुन् ।
त्यस्तै १ लाख राशीको बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मानबाट ईलामका श्रष्टा नवलकिशोर राईलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवनकुमार घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर लगायतले श्रष्टाहरुलाई सम्मान एवम् पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु