धुलाबारी माविको विव्यस अध्यक्षमा पाँचौँ पटक गणेशविक्रम नेम्वाङ निर्विरोध निर्वाचित

2023-02-09 मा प्रकाशित

झापा  २६, माघ। जिल्लाकै उत्कृष्ट सामूहिक विद्यालय धुलाबारी माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ।
विव्यस अध्यक्षमा गणेशविक्रम नेम्वाङ पाँचौँ कार्यकालका लागि निर्विरोध चयन भएका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक उन्नयनमा नेम्वाङले पुर्‍याएको देनका कारण उनी पाँचौँ पटक अभिभावक भेलाबाट सर्वसम्मत अध्यक्ष चयन भएको विद्यालयले जनाएको छ। विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईँले दिएको जानकारी अनुसार सदस्यमा खड्गप्रसाद सिटौला, मुना बाँस्कोटा भेटवाल, सावित्रा ढकाल, शिक्षक प्रतिनिधि धनु भट्टराई र पदेन सदस्यमा मेचीनगर नगरपालिका ( १० का वडाध्यक्ष नारायण खनाल चयन भएका छन् । अध्यक्ष नेम्वाङ, सदस्यहरु सिटौला, बाँस्कोटा, ढकाल, भट्टराई र खनालको बिहीबार सम्पन्न भेलाले सामाजिक क्षेत्र तथा शिक्षासेवीको तर्फबाट ऋषिराज तिम्सिना र लक्ष्मीदेवी परियारलाई सदस्यमा मनोनीत गर्दै विव्यासलाई पूर्णता दिएको विद्यालयका सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले बताए ।
अभिभावक भेलाले लेखनाथ शर्मा पराजुलीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ सर्वसम्मत रूपमा चयन गरेको छ। पराजुली पनि पाँचौँ पटक शिक्षक अभिभावक संघको अध्यक्षमा निर्विरोध चयन भएको सूचना अधिकारी कन्दङ्वाले बताए ।
धुलाबारी मावि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा झापाकै अग्रणी मानिन्छ। प्राविधिक विषयको पढाई हुने धुलाबारी मावि अधिक विद्यार्थी भएको विद्यालय हो।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु