जनप्रतिनिधि र पत्रकारबीचको फुटबल खेलमा पत्रकार टिम विजयी

2023-02-10 मा प्रकाशित

मेचीनगर । प्रेस क्लब मेचीनगरका पत्रकार र जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ ।

वडा खेलकुद विकास समिति मेचीनगर– ९ ले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएको छ।

कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपूर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २– १ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । पत्रकारको तर्फबाट बिश्वास दाहाल र गोविन्द घिमिरेले गोल गरेका थिए भने जनप्रतिनिधिको टिमबाट बिशाल भट्टराईले गोल गरेका थिए ।

पत्रकार र जनप्रतिनिधिहरुबीच मैत्रीभाव कायम राख्ने उद्देश्यले खेलको आयोजना गरिएको वडा खेलकुद विकास समिति मेचीनगर– ९ का सचिव राजु धिमालले बताए ।

उक्त खेल सकिएपछि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर उपप्रमुख मिना उप्रेतीद्वारा पत्रकार टोलीका कप्तान तथा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल र जनप्रतिनिधि टोलीका कप्तान मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ्गलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु