मेचीनगर साकोषको १५ औं वार्षिक उत्सवमा तीन दिवसीय विविध कार्यक्रम, पूर्व अध्यक्षदेखि जेष्ठ नागरिक सम्मानित

2023-02-11 मा प्रकाशित

मेचीनगर । मेचीनगर – ९ स्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.को १५ औ वार्षिक उत्सव विविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाले वार्षिक उत्सवको अवसरमा आयोजित तीन दिवसीय कार्यक्रम सम्पन्न गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष शिव कुमार रेग्मीको सभापतित्व तथा बागमति प्रदेशका निबर्तमान प्रदेश प्रमुख बिष्णु प्रसाईको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा कञ्चनजङ्घा एफ.एम का प्रवन्ध निर्देशक चन्द्र भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष बि.पी भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।


तीन दिवसीय वार्षिकउत्सव कार्यक्रम अन्र्तगत माघ २६ गते संस्थाको कला साहित्य संकृति संरक्षण तथा विकास उपसमितिको आयोजनामा धुलाबारी क्षेत्रका सहकारीहरुबीच अन्तर सहकारी नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामा धुलाबारी क्षेत्रका ७ वटा सहकारीहरुले सहभागिता जनाएका थिए । सहभागी सहकारीहरुमा थोप्लेबिरान महिला कृषि सहकारी संस्था लि., सहज महिला सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि., भानु बहुमुखी सहकारी संस्था लि., स्वाभिमानी कृषि सहकारी संस्था लि., लंकाशनी महिला सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि., पूर्बीद्धार बचत तथा ऋण सहकारी संस्था लि. र आयोजक संस्था मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.बीच नेपाली लोक तथा राष्ट्रिय गीतमा प्रतिष्पर्धात्मक प्रस्तुती रहेको थियो ।
सो प्रतियोगितामा सहज महिला सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि. मेचीनगर —१० की रोजिना वन प्रथम ,मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर–०९ की रीजु फुयल दितिय , भानु बहुमुखी सहकारी संस्था मेचीनगर —१० की शिवानी तामाङ्ग र अस्मिता खडका तृतिय तथा थोप्लेबिरान महिला कृषि सहकारी संस्था लि. मेचीनगर—०९ की उपसना आचर्य र शुभासना प्रधानले सान्तवना पुरस्कार प्राप्त गरेका थिए ।
त्यसैगरी दोस्रो दिन माघ २७ गते महिला परिचालन उपसमितिले संस्थाको महिला सदस्यहरुलाई बिवाहमा प्रयोग हुने बरणी टपरा, टपरा तथा दुना बनाउनको लागि तालिम प्रदान गरिएको थियो ।
भने शनिवार आज समापन कार्यक्रममा संस्थाका ७० बर्ष उमेर माथिका ११ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने हरुमा हरि बहादुर खुलाल, भुवन कुमार आचार्य, डम्बर कुमारी घिमिरे, फर्कुलाल राजबंशी,भिम बहादुर गौतम,नर सिंह श्रेष्ठ,गंगा देबी रोक्का, ईन्द्र कुमार सार्की , रुप नारायण ढुंगेल, कमलादेबी महते र लोक बहादुर कार्की रहेका छन् । सोहि अवसरमा सामाजिक ब्याक्तीत्वको रुपमा मेचीनगर—१० निवासी लिला बहादुर पाण्डेलाई सम्मान गरिएको थियो । साथै संस्थामा तीन कार्यकाल अध्यक्षको रुपमा कुशलता पूर्वक कार्य सम्पादन गर्नु भएका निबर्तमान अध्यक्ष तथा हालका लेखा सुपरिबेक्षण समितिका संयोजक कमल काफ्ले तथा संस्थामा तीन कार्यकाल लेखा सुपरिबेक्षण समितिमा कुशलता पूर्वक कार्य सम्पादन गर्नु भएका निबर्तमान लेखा सुपरिबेक्षण समितिका संयोजक तथा हाल सल्लाहकार समितिका संयोजक बासुदेव खतिवडालाई समेत सम्मान गरिएको थियो । सहकारी संस्थाका उपाध्यक्ष कर्ण बहादुर गौतम (सुमन)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव संगिता गजुरेल गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु