मेचीनगरको दोस्रो नगरसभाकोे दोस्रो वैठक सम्पन्न

2023-02-12 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाकोे दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाकोे दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (क) का प्रदेश सांसद गोपाल तामाङले गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले वैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम नागरिकप्रतिको दायित्व धेरै भएको बताएका छन् । उनले जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएका कारण यस संस्थाप्रति आम नागरिकको आशा र भरोसा धेरै छ । त्यसलाई साकार पार्न स्थानीय सरकार लागि पर्नुपर्ने बताए । उनले नगरमा देखिने गरी कुनै उउटा भएपनि ठोस कामगर्न सुझव दिए ।

कार्यक्रममा विशिष्ट अतिथि झापा क्षेत्र नं.१ (ख) की प्रदेश सांसद सबिना बजगाईले स्थानीय सरकार जनतासंग प्रत्यक्ष जोडिने भएका कारण जनताको माक बढी भन्दा बढी गर्नु पर्ने बताइन् । उनले मेचीनगरले जनताको पक्षमा धेरै नै राम्रा राम्रा कामहरु अगाडी बढाएको बताउँदै ती राम्रा काम सफल पार्न प्रदेश सांसदको हैसियतले आफुले सकेको सहयोग गर्ने बताइन् ।

कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जनताको काम गर्नका लागि जनता कै मेण्डेट लिएर स्थानीय सरकारको नेतृत्य सम्हाल्न आएको बताउँदै आफ्नो कार्यकालमा जनताले प्रत्यक्ष महसुस गर्ने खालका कार्य गर्ने बताए । उनले आफ्नो नेतृत्वमा स्थानीय सरकार सञ्चालनको करिब ९ महिना जति मात्रै भएकाले केही काम सम्पन्न भऐ, केही सञ्चालन हुँने क्रममा छन् भने केही काम अगाडी बढ्ने प्रक्रियामा रहेको बताए ।

पहिलो वर्ष भएकाले केही प्राविधिक समस्या, देशमा संघ र प्रदेशको निर्वाचनलगायतले काम गर्न केही सुस्त भएको बताउँदै उनले भने,अब निरन्तर जनताको काम दृत गतिमा गर्ने हो ।

नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले नगरको विकास र समृद्धिमा राजनैतिक दलले सधै रचनात्मक सहयोग गर्ने बताए । कार्यक्रममा मेचीनगर प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरु, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर अध्यक्ष भिबहादुर कुँवर, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराललगायतको आतिथ्यता रहेको थियो ।

मेचिनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपलिकाको बिगतको समिक्षा र भावी नीति तथा कर्यक्रम योजना प्रस्तुत गरेको कार्यक्रममा नगरका पन्द्रवटै वडाका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको रहेको थियो ।

कार्यक्रममा वैठकको अध्यक्षता नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख मीना पोखरेल उप्रेती र सञ्चालन वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

बैठकको खुल्ला शत्रपश्चात आयोजना भएको बन्दशत्रमा नगरपालिकाको बिगतमा गरेका कामको समीक्षा र भाबी नीति कर्यक्रम योजना सहित महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको नगर कार्यापालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु