मेचीनगरमा तोरी खेतीमा कृषकको आकर्षण

2023-02-15 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । मेचीनगर नगरपालिका–१४ दुहागढीका मनोज खड्काले यसवर्ष पाँच विगाहा जमिनमा तोरी खेती गरे । केही वर्षदेखि बजारमा तोरीको मूल्य उच्च बन्दै गएपछि खड्काले व्यावसायिक रुपमै ठूलो क्षेत्रफलमा तोरी खेती सुरु गरेका हुन् । उनलाई यसवर्ष बालीले समेत राम्रै साथ दिएको छ । आफूले लगाएको तोरीबाली लट्टो फलेको देखेर खड्का दंग छन् ।
खड्काले करिव –४ विगाहको तोरी उखेली सकेका छन् । अव १ विगाह जमिनको तोरी उखेल्न बाँकी छ । तोरी माड्दै गरेको अवस्थामा भेटिएका खड्काले व्यवसायिक तोरी खेतीबाट राम्रै आम्दानी हुने गरेको बताए
तीन वर्षदेखि व्यवसायिक तोरी खेती सुरु गरेका खड्काले भन,े अघिल्लो वर्ष ५ विगाहा जमिनमा खेती गरेको थिएँ । उत्पादन राम्रै भयो, ‘तोरीको मूल्य हरेक वर्ष उच्च हुँदै गएको छ । यस वर्ष पनि ५ विगाहमा उत्पादन गरेको छु ।’
मेचीकृषक बहुमुख सहकारीको बिज बृद्धि कार्यक्रमका सहभागि बनेका खड्काले आफ्नो उत्पादन सबै बिजबृद्धिकैलागि मेचीकृषक सहकारीलाई बिक्री गर्ने गरेको र मूल्य समेत राम्रै पाएको दावी गरे ।
यसपाली मौसमी अनुकुलताले गर्दा तोरी बाली रोग कीरामुक्त रहेको जनाउँदै खड्काले गतवर्षको तुलनामा डेढाका दरले उत्पादन वृद्धि हुने अपेक्षा गरेको बताए । उनले यस वर्ष ४० मन तोरी बिज बृद्धिको लागि विक्रि गर्ने सोच बनाएको सुनाए ।


सो वडामा खड्काले मात्र होइन स्थानीय गोपीराज मैनाली, गजाधर मैनाली, अभिनारायण मैनाली, लाल मोहम्मद, गोपाल तिम्सिना, मन्सुर मिया र दुर्गा गुरुङले लगाय धेरै किसानले तोरी खेती गरेका छन् । सो वडामा यस वर्ष मात्र ५० विगाह बढी जमिनमा तोरी खेती भएको किसानहरुको दावी छ ।
विगत ५ वर्षदेखि तोरी खेतीको लागि बिज बृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको मेचीकृषक बहुमुखी सहकारीले २३ जना सदस्यहरुलाई प्रशिक्षित गरेर बिजबृद्धि कार्यक्रममा सहभागि गराएको सहकारी संस्थाका व्यवस्थापक दीपक काफ्लेले बताए ।


सहकारीको बिजबृद्धि कार्यक्रममा सहभागि भएपछि मेचीनगर १५ का राजन भट्टराईले २ विगाह जमिनमा तोरी खेती गर्दै आएका छन् भने सहकारी संस्थाकै व्यवस्थापक काफ्लेले समेत मेचीनगर ५ मा डेढ विगाह जमिनमा तोरी खेती गरेका छन् । सहकारीले व्यवसायिक रुपमा बिजबृद्धि कार्यक्रममा सहभागि हुने किसानलाई आवश्यक मल, विउ र विषादी उपलब्ध गराउँदै आएको काफलेको भनाइ छ । हामीले कृषिलाई प्राथमिकतामा राखेका छौं, व्यवस्थापक काफ्ललेले भने, ‘मकै, धान, राजमा, तोरीलगायत बिभिन्न दलहन बालीको गुणस्तरीय बिउ उत्पादन गरेर पूर्व क्षेत्रमै राम्रो सेवा दिँदै आएका छौं ।’
सदस्य किसानले उत्पादन गरेको दलहन जातका सवै उत्पाद सहकारीले नै खरिद गर्ने गरेको उनले बताए ।
२०६७ सालदेखि धान, गहुँ, राजमा, माुङ्दाल लगायतको बिउ उत्पादन सुरु गरेको सहकारीले विगत पाँच वर्ष देखि तोरीको विउ समेत उत्पादनमा सुरु गरेर किसानलाई संगठित गर्दै आएको सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले जानकारी दिए ।
मेची कृषक सहकारीले सदस्यहरुको जीवन स्तर उकास्न व्यवसायिक कृषित तर्फ सदस्यहरुलाई प्रोत्साहित गरेर सदस्यहरुलाई बिज बृद्धि कार्यक्रममा सहभागि गराउँदै आएको अध्यक्ष बुढाथोकीको भनाइ छ ।
सहकारीले सुरुका दुई वर्ष १२ विगाह जमिन लिजमा लिएर बिजबृद्धि कार्यक्रम सुरु गरेको र कार्यक्रम सफल भएपछि सदस्यहरुलाई प्रोत्साहित गरी बिजबृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै आएको अध्यक्ष बुढाथोकीले बताए ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले उर्भर जमिनमा प्रतिविगाहा ८०० केजीसम्म तोरी उत्पादन हुने बताए । झापामा आर्थिक बर्ष २०७६÷७७ मा ३११ हेक्टरमा तोरी खेती भएको थियो भने २०७८÷७९ मा बढेर ३२० हेक्टर जमिनमा तोरीको व्यावसायिक खेती भएको थियो । चालू आवमा तोरी खेती भएको क्षेत्रफल झापामा पाँच सय पुग्ने आँकलन गरिएको छतोरी छरेको तीन महिनाभित्रमै पाक्ने र झापाको माटो धान, ।
मकै, सुपारीजस्तै तोरीका लागि अति उर्वरभूमि रहेको छ । पहिला–पहिला जस्तो खेत बाँझो राख्ने चलन हराउँदै गएको छ भने बिदेशबाट फर्केका र व्यावसायिक कृषि जीवन अपनाइरहेका धमाधम ठूलो मात्रामा तोरी खेतीतर्फ आकर्षित भएको देखिन्छ ।
तोरीको तेलले बजारमा उच्च मूल्य पाउन थालेपछि मेचीनगरका किसान व्यावसायिक तोरी खेतीतर्फ आकर्षित बन्न थालेका छन् ।
कोरोना कहरपछि व्यावसायिक उत्पादनमा किसानहरुको सहभागिता बढ्न थालेको छ । तोरी खेती मात्र नभएर व्यावसायिक तरकारी खेती गर्ने किसानहरुको संख्या समेत मेचीनगरमा उल्लेख्य छ । वर्षौंदेखि बाँझो खेत राख्ने किसानले समेत पछिल्लो समय खेतलाई हराभरा बनाउन थालेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु