मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि, धुलाबारी माविको पोल्टामा , आदर्श बन्यो दोस्रो

2023-02-16 मा प्रकाशित

मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारी माविले हात पारेको छ ।
फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो ।


प्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो उपाधि हात पार्याै, दोस्रो विजेता बन्न सफल विद्यामन्दिरले ६ स्वर्ण, ७ रजत, र ६ कास्य गरी १९ पदक प्राप्त गर्न सफल भएको थियो ।


त्यसैगरी तेस्रो उपाधि बालसुबोधनी माविले हात पार्न सफल भयो, तेस्रो विजेता बन्न सफल सोबोधिनीले ३ स्वर्ण, ५ रजत र ४ कास्यगरी १२ पदक प्राप्त गर्न सफल भएको थियो ।
आयोजक समितिका अध्यक्ष तथा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभापतित्वमा आयोजित समापन कार्यक्रममा नगर प्रमुख बुढाथोकीले स्वास्थ्य जीवनको लागी खेलकुद अतिआवाश्यक भएको बताउँदै यस अभियानका लागि विद्यालयमा मात्र एक भरपर्दाै माध्यम भएको बताए । किताबी ज्ञान मात्र सबैथोक होइन, नगर प्रमुख बुढाथोकीले भने, ‘जीवन सफलपार्न अतिरिक्त क्रियाकलापलाई त्यतिकै प्राथमिकता दिन जरुरी छ । विद्यालयले विद्यार्थीको बौद्धिक क्षमता विकास गर्दै उनीहरुलाई अतिरिक्त क्रियाकलापमा त्यत्तिकै सक्रिय गराउनु पर्छ । त्यो खेलकुदबाट मात्र सम्भव छ । ’
शैक्षिक क्षेत्रको सुधारकोलागि नगरपालिकाले सरोकारवाला निकायहरुसँग परामर्श गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा उपप्रमुख मीना पोख्रेल(उप्रेती) प्याप्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, आयोजक समितिका सदस्य सचिव महेन्द्र विलास लुइटेल, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेल, नेपाल शिक्षक महासंघ झापा सचिव तोयानाथ दाहाल, झापा जिल्ला कराते संघका अध्यक्ष मिलन राज प्रसाई, धुलाबारी माविका बिव्यस अध्यक्ष गणेश विक्रम नेम्बाङ, आदर्श विद्या मन्दिरका प्रिन्सिपल कविन्द्र श्रेष्ठ, कन्भेन्ट इङलिस स्कुलका प्रिन्सिपल तथा न्यायिक समिति संयोजक विक्रम क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई कार्यक्रमका सभापति बुढाथोकी तथा अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक रमेश दाहालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु