युवा विदेश पलायनलाई रोकेर, देशमै रोजगारी सिर्जना गर्नु पर्छ : उपप्रधान मन्त्री लिङ्देन

2023-02-17 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले देशको आर्थिक क्रियाकलापमा जनता र समग्रसमाजलाई क्रियाशिल नबनाएसम्म कुनै एक क्षेत्रको प्रयासले मात्र देशले समृद्धि र पूर्णता पाउन नसक्ने बताएका छन् ।
शुक्रबार मेचीउद्योगा वाणिज्य संघको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिङ्देनले सोकुरो बताएका हुन् ।
‘धेरै पैसा कमाउन तथा नयाँ अनुभव र शिप हासिल गर्न विदेशिनु ठिकै हो तर अव ३०÷४० हजार मासिक पैसा कमाउनैको लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्नु पर्छ ।’  उनले युवा विदेश पलायनलाई रोकेर देशमै रोगजारी सिर्जना गर्नु पर्ने धारणा राखे ।
उद्योग खोल्न चाहनेलाई सरकारले प्रोत्साहित गर्ने नीति र कार्यक्रमको तयारी गरिरहेको बताउँदै उनले भने, ‘उद्योग खोल्न झन्झटिलो कानुनी प्रक्रियादेखि  विधुत प्राधिकरणको सास्तीले उत्साह निरासामा परिणत हुने अवस्था थियो । अव त्यस किसिमका झन्झटिला  प्रक्रियाको अन्त्य हुन्छ । सम्भव भएसम्म विधुत प्राधिकरणले आफै तार र ट्रान्सफार्मर उद्योग सम्म पुर्याउँछ ।’
उद्योग खोल्न चाहनेलाई विधुत प्राधिकरणले पहिलो प्राथमिकतामा राखेर सम्मानजनक रुपमा तत्काल कामलाई अघिबढाउनु पर्ने उनको भनाइ थियो ।
नेपालमा बिधुत उत्पादनको प्रचुर सम्भावना रहेको बताउँदै राप्रपाका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री लिङ्देनले एलपी ग्याँसको सट्टा खानापकाउन इण्डक्सन चुलो प्रयोगगरी देशको विधुतीय उर्जालाई खपत गरी विदेशिने अर्थतन्त्र जोगाउन आग्रह समेत गरे । स्थानीय पालिकाले जनताले चलाएका उद्योग धन्दामा प्रोत्साहन गरेमा ट्रान्समिटर र तार जडानमा प्राधिकरणले सहयोग गर्ने बताए ।
कोभिड पछाडि देशको अर्थतन्त्र कमजोर बन्दै गएकोले अर्थतन्त्रलाई उकास्न सबै क्षेत्र जिम्मेवार भएर लाग्नु पर्ने उनको भनाई थियो ।
भ्रष्टचार गर्नु आमाको रगत खानु सरह भएको बताउँदै आएका लिङ्देनले जनताको विश्वासलाई कहिल्यै गुम्न नदिने प्रतिवद्धता समेत दोहोर्‍याए


मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्व रहेको कार्यक्रममा निर्वाचन समिति संयोजक अशोक कुमार पोख्रेलले नवनिर्वाचित अध्यक्ष खेमराज प्रसाई सहित पदाधिकारी तथा सदस्यहरुको नाम वाचन गरेको थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि लिङ्देनले प्रमाणपत्र वितरण गरेका थिए । भने सोही अवसरमा पदहस्तान्तरण तथा सफल ग्रहण गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा अध्यक्ष तिम्सिानाले विदाई मन्तव्य व्यक्त गरे उनले आफ्नो कार्यकालमा गरिएका महत्वपूर्ण कामहरु समेत शव्द दृष्य मार्फत प्रकाश पारेका थिए । मन्तव्यकै क्रममा उनले आगामी दिनमा समेत उद्योग वाणिज्य संघलाई आफ्नो तर्फबाट निरन्तर सहयोग रहने विश्वास दिलाए ।

कार्यक्रको अवसरमा संघले महिला उपाध्यक्ष बिना तामाङ र कार्यसमिति सदस्य झुनादेवी बानियाँलाई सम्मान गरेको थियो । भने वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा गणेश गिरीलाई नगद १५ हजार राशी सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा उद्योगा वाणिज्य संघ प्रदेश – १ का टीका ढकाल, नेपाल उद्योण वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य गोपाल तामाङ, सविना बजगाईँ, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, बागमति प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी निवर्तमान नगर प्रमुख बिमल आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव धृव कनालले गरेका थिए ।

माघ २१ गते सम्पन्न मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं अध्यक्षमा निर्वाचित भएका थिए ।
वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री, उद्योग उपाध्यक्षमा भूमि पौडेल, वाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान भण्डारी, महासचिवमा दिनेश शाक्यल, महिला कार्यकारी सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ विजयी भएका थिए ।
त्यसैगरी कार्यकारी खुला सदस्यमा विष्णुबहादुर बुढाथोकी, कमलप्रसाद कोइराला, विनोदकुमार बानियाँ, श्यामप्रसाद न्यौपाने, भीम विष्ट, राजेशकुमार वंशल, सन्तोष खवास, दिपेन्द्रराज पाण्डे, बर्मलाल ओझा र चन्द्रबहादुर घोर्साईं निर्वाचित भएका थिए । निर्वाचनमा १ हजार ३ सय ८९ मत खसेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु