लकडाउन अवधिको ब्याजमा सहाराले १० प्रतिशत छुट दिने

2020-07-18 मा प्रकाशित

झुलन रेग्मी
झापा, ३ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लकडाउनको अवधिको ऋणको व्याजमा १० प्रतिशत छुट गरेको छ । विश्व कोरोना महामारीबाट गुज्रिरहेको बेला सहाराले आफ्ना सदस्यहरुलाई राहात प्रदान गर्न छुटको व्यवस्था गरेको हो ।
मुलुककै ठूलो मध्येको वित्तीय संस्था सहाराले चार महिनामा (चैतदेखि असारसम्म) पाकेको ऋणको व्याजमा १० प्रतिशत छुट वापत आउने रकम ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा गरेको सहारा साकोसले जनाएको छ । साथै, यस अवधिमा बचत तथा ऋण कुनैमा पनि हर्जना र जरिवाना नलिने सहाराले जनाएको छ । ऋणको किस्तासमेत स्वेच्छिक तिर्र्नसक्ने व्यवस्था गरिएको छ ।
सहाराले आर्थिक वर्ष २०७६–२०७७ को समाप्तिसँगै वित्तीय अवस्थामा सकारात्मक परिणाम निकाल्न सफल भएको सहारा नेपाल साकोसका सचिव महेन्द्रकुमार गिरीले बताए ।


लकडाउनकोे अवस्थामा सहारा नेपालले सदस्य तथा समुदायलाई थोरै भए पनि स्वास्थ्य चेतना, खाद्यान्य सामाग्री राहत, विपत सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराउँदै आएको सहारा नेपाल साकोसका वरिष्ठ प्रबन्धक मुकुन्दसेन (मुकेश) कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु