मेचीनगरमा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ

2023-02-23 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधी सेवन गरेर नगर स्तरिय औषधि सेवन कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रममा संविधान सभा सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, कार्यापालिका सदस्य तथा भौतिक पूर्वाधार संयोजक चित्र धिमाललगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधि सेवन गरे ।


मेचीनगरको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान भन्ने मुलनाराका साथ फागुन ११ देखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्वको औषधि सेवन कार्यक्रम सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।

औषधी सेवन शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले हात्तीपाइले रोग विरुद्वको औषधिअनिवार्य सेवन गर्न नगरवासी सबैलाई आग्रह गरे । उनले अघिका वर्षहरुमा औषधीको बारेमा गलत हल्लाह भएका कारण धेरै सर्वसाधारणले औषधि सेवन नगरेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न पनि आग्रह गरे ।

हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्ने गर्दछ । सरकारले यस रोगको जोखिम भएका झापा लगायतका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन गरेको छ ।
२ वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु ९कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी, छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु