शिव पाञ्चायन मन्दिरमा फागुन १२ देखि महापुराण

2023-02-23 मा प्रकाशित

बाहुनडाँगी । मेचीनगर–२ स्थित दीपज्योति टोलको शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा भोलि (फागुन १२ गते) देखि सात दिवसीय श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ ।

उनले धार्मिक जागरण अभियानलाई सफल पार्न तथा मन्दिर निर्माणकार्यमा सहयोग गर्न आग्रह समेत गरे । मन्दिर समितिले पुराणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिले पुराण सफल पार्न मन्दिर समितिका अध्यक्ष गीता शिवाकोटीको संयोजकत्वमा १५१ सदस्यीय पुराण आयोजक मूल समिति तथा विभिन्न उपसमिति गठन गरेर प्रचारप्रसारलाई तीब्र पारेको आयोकज समितिका सचिव धर्मानन्द निरौलाले बताए । 

समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट निर्माणाधीन शिव पाञ्चायन मन्दिरको निर्माण कार्य पुरा गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समिति अध्यक्ष गीता शिवाकोटीले बताइन् ।

फागुन १८ गते सम्पन्न हुने सात दिवसीय महापुराणको उद्घाटन त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारी गर्ने भएका छन् । पुराणमा व्यासाचार्य पण्डित मुकुन्द नेपालले संगीतमय कथा वाचन गर्ने भएका छन् भने उपवाचक पं. लक्ष्मीरमण खतिवडाले पाठ वाचन गर्ने छन् ।

हरेक साँझ भजन कीर्तत तथा झाँकी प्रदर्शन हुने आयोकले जनाएको छ । फागुन १२ गते शुक्रवार बिहान ९ बजे बिभिन्न झाँकीसहित शोभा यात्रा निकालिने र दिउँसो २ बजे कार्यक्रम उद्घान हुने आयोजक समितिले जनाएको छ । शोभा यात्रा मल्याचोक हुँदै भृकुटी, बाहुनडाँगी बजार भएर पातालगंगा पुगेर पुनः पुराण स्थल फर्किनेछ ।

प्रचार प्रसार समितिले नगरका बिभिन्न ठाउँमा पुगेर प्रचारलाई व्यापक बनाएको र सबै भक्तजन महानुभावलाई पुराणमा सहभागी भइदिन अनुरोध गरिरहेको प्रचारप्रसार समितिका संयोजक होमनाथ गौतमले जानकारी दिए । आयोजकले ९ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।

त्यसैगरी, समितिले तारानाथ ढुंगेलको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरेको छ । त्यसैगरी, मण्डप व्यवस्थापन समितिको संयोजकमा तुलसीराम सुवेदी रहेका छन् ।

स्थानीय समाजसेवी ठाकुरप्रसाद शिवाकोटीले १ कठ्ठा र सदानन्द मिश्रले २ धुर जमिन निःशुल्क प्रदान गरेपछि २०७४ सालमा शिव पाञ्चायन मन्दिर निमार्ण सुरु गरिएको भएपनि आर्थिक अभावका कारण सो मन्दिर हालसम्म कुर्सी पिलर मात्र उठाइएको छ ।

मन्दिर समिति तथा स्थानीय र कीर्तन मण्डलीको सहयोगमा मन्दिर परिसरको स्तरउन्नति गरिएको थियो भने वडा तथा मेचीनगरबाट २ लाख ४० हजार रकम उपलब्ध भएपछि कुर्सीपिलरको काम मात्र पुरा भएको समितिले जनाएको छ । सो क्षेत्रमा स्थानीयले २०६७ सालदेखि नमूना एकता कीर्तनमण्डली गठन गरेर समाजमा धार्मिक जागरण अभियान तथा सत्यंग, भजन कीर्तन समेत गर्दै आएको छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु