ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान

2023-03-01 मा प्रकाशित

झापा, १७ फागुन । ब्रामण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रेडक्रस सोसाईटी भद्रपुर शाखाको प्राविधिक सहयोगमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २६ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।
संस्थाका अध्यक्ष सचिन निरौलाले संस्थाले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र झापा रगत अभाव देखिएको हुनाले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।

यस्तै संस्थाका उपाध्यक्ष मिनादेवी निरौलाले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताइन् । यस्तै संस्थाका सदस्य माघव खतिवडाले संस्था समाजिक क्षेत्रमा काम गर्दै आएको बताए । अपांगता भएका ब्यक्तिहरुको जिवन स्थर उठाउन यस संस्थाले काम गर्दै आइरहेको व्यवस्थापक कुमार ढुगाँनाले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बाहुण्डागीका अध्यक्ष घनश्याम दाहाल, बौद्धमोड बिकास संस्थाका उपाध्यक्ष केशर बहादुर बस्नेत , बौद्धमोड कृषि सहकारी संस्थाका ब्यवस्थापक हेमन्त मोक्तान , साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका शाखा प्रमुख मदन श्रेष्ठ, बौद्धमोड ईग्लिस बोडिङ्ग स्कुलकी प्रिन्सीपल भावना राई , नेपाल मानव धर्म सेवा समितिका प्रतिनिधि रोशन घिमिरेलगायत संस्थाका सम्पूर्ण पदाधिकारी र सामाजिक ब्यक्तिहरुको सहभागीता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु