नेपाल बहुउद्देश्यीय सहकारीले मनायो ३०औं स्थापना दिवस

2023-03-09 मा प्रकाशित

मेचीनगर । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले बुधवार आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ ।

संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो ।

२०५० साल फागुन २४ गते तत्कालीन काँकरभिट्टा गाविसको एउटा वडालाई कार्यक्षेत्र बनाएर २६ जनाद्वारा स्थापित संस्थामा १ लाख ४५ हजार भन्दा बढी सदस्यहरु आवद्ध छन् ।
बिर्तामोड सेवा केन्द्रमा आयोजित वार्षिकोत्सव समारोहका केन्द्रीय प्रतिनिधि, संस्थाका संस्थापक अध्यक्ष उप्रेतीले ३० वर्षको अन्तरलमा एनएमसी सबै हिसाबले सक्षम भइसकेको बताए । एनएमसीले सदस्यबाट जम्मा भएको निक्षेप र सेयर रकम सदस्यमाझ नै कर्जा लगानी गरेको बताउँदै अध्यक्ष उप्रेतीले सदस्यहरुले फिर्ता लिन चाहेको निक्षेप रकम भुक्तानी गर्न संस्था सक्षम रहेको पनि प्रष्ट पारेका छन् ।बिर्तामोड सेवा केन्द्र उपसमितिका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले एनएमसीले महिला सदस्यहरु विस्तार गर्न र विभिन्न समितिमा समावेश गर्न चालेका रचनात्मक कदमहरुको प्रशंसा गरेकी थिइन् ।

बिर्तामोड कार्यालयका प्रमुख हरिमाया ओझाले सञ्चालन गरेको वार्षिकोत्सव समारोहमा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई अपरेशन इन्चार्ज श्रृङ्खला पौडेलले स्वागत गरेकी थिइन् ।सो कार्यक्रममा बिर्तामोड सहकारी पसलमा धेरै मूल्यको सामग्री खरिद गर्ने चोमप्रसाद ढकाललाई सम्मान गरिएको थियो । एनएमसीमा आवद्ध भएको दिनदेखि आजसम्मका अनुभवहरुलाई इकाई संयोजक सविता खनाल र कार्यालयका कर्मचारी सुरेश राजवंशीले अनुभव मन्तब्य व्यक्त गरेका थिए ।

स्थापना दिवस तथा वार्षिकोत्सव मनाइएका सबै स्थानमा एउटै कार्यसूचिमा कार्यक्रम सञ्चालन गरिएको कर्पोरेट प्रशासन विभाग प्रमुख चेतन शर्माले जानकारी दिए ।


उता मेचीनगर ५ स्थित सुरेन्द्रनगर अन्तरर्गत एनएमसी चिया उद्योगमा समेत स्थापना दिवस मनाइएको छ । चिया उद्योगका संयोजक दिलिप सुब्बाको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चिया उद्योगका सदस्य डम्बर बराल , चिया किसान जयकुमार अधिकारी, कर्मचारी सालिग्राम ढुंगाना लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख रविन्द्र पाण्डेले गरेका थिए । कार्यक्रममा चिया किसान सदस्यहरुको उपस्थिति रहेको थियो । स्थापना दिवसकै अवसरपारेर चिया कारखाना समेत सञ्चालन गरिएको छ । यसवर्षको फस प्लक टिपाइसँगै बुधबारबाट कारखाना समेत सञ्चालन गरिएको हो ।
अब एनएमसी बचत तथा ऋण व्यवसाय अन्तरगत ५८ वटा सेवा केन्द्रहरु भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु