मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ८ वडा कार्यालय आजबाट सुविधा सम्पन्न आफ्नै नयाँ भवनमा सरेको छ । शुक्रबार एक कार्यक्रमका बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नवनिर्मित वडा कार्यालयको २ तले पक्की भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले स्थानीय जनताले प्राप्त गर्ने सेवा सुविधा सहज बनाउनका निम्त्ति जनप्रतिनिधिहरु सदैव लाग्नुपर्ने बताए । उनले भन, ‘भवन मात्रै नयाँ चिटिक्कको बनाएर हुदैँन, जनताले कस्तो प्रकारले सेवा प्राप्त गर्दैछन् रु यस विषयमा पनि विषेश ध्यान पुर्याउनुपर्ने बताए । साथै उनले भाडामा कार्यालय सञ्चालन गर्दा कोठा भाडा वापत हजारौं रुपैयाँ रकम अन्यत्र जाने गरेको बताउँदै अब आफ्नै भवनबाट सेवा सञ्चालन सुरुभएसंगै त्यस खर्च कम भएको बताए ।
वडा कार्यालयका लागि स्थानीय जग्गादाता चन्द्र बहादुर, शिवमाया बस्नेत परिवारले सृर्जना चोक स्थित ४ कट्ठा जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा वडा कार्यालयले आफ्नो नयाँ भवन बनाए छ । नवनिर्मित भवन परिषरमा आज आयोजित कार्यक्रममा जग्गादाता बस्नेत परिवार सहित पूर्वजनप्रतिनिधि, स्थानीय कृषक, समाजसेवी तथा विभिन्न क्षेत्रबाट वडाको विकासमा योगदान पु¥याएका दुई दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
उद्घाटन कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रमुख लेखा अधिकृत पदमबहादुर कार्की, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीलगायत मेचीनगरका अन्य जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख, पत्रकारलगायतको आतिथ्यता रहेको थियो ।
वडाध्यक्ष गिरिराज धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य मनकुमारी गिरिले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन वडा सदस्य द्वय बिष्णु भट्टराई र कुन्दन निरौलाले गरेका थिए ।
प्रतिभा चोक स्थित भाडाको कोठाबाट दिइँदै आएको वडाका सेवाहरु अब आइतबारबाट भने वडाको आफ्नै भवनबाट प्रदान गरिने वडाध्यक्ष गिरिराज धमलाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्