झापा, २८ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित झापाको बिर्तामोडमा प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
यही फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले आइतवार बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो
बिर्तामोड–३ स्थित मेहरमान वहुउद्देश्यीय कवर्ड हलमा संञ्चालन हुने प्रतियोगिता लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडले संयुक्त रुपम गर्न लागेको लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । प्रतियोगितामा ३६ वटा टिमले सहभागीता जनाउने बताइएको छ ।
प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दितीय हुने टिमले ३० हजार र तृतीय हुने टिमले सात हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लब अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले बताए ।
त्यस्तै भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य एकराज कार्कीले गर्ने बताइएको छ ।
प्रतियोगितामा झापासहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्