पक्राउ परेका ३३ जना बन्दकर्तालाई प्रहरीले छोड्यो

2023-03-12 मा प्रकाशित

झापा, २८ फागुन । झापाका बिभिन्न ठाउँबाट पक्राउ परेका ३३ जना बन्दकर्ता प्रहरीले छोडेको छ ।

जिल्लाको विभिन्न स्थानमा बन्द गराउँदै हिड्ने ३३ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई प्रहरीले छोडेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघ–संस्थाहरूले कोशी प्रदेशको नामाकरण गरेको विरोधमा आइतबार ‘कोशी प्रदेश’मा हड्तालको घोषणा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु