मेचीनगर । विराट भेट्रान फुटबल क्लब मोरङ्गलाई टाइब्रेकरमा पराजित गर्दै विर्तामोड युनाइटेड मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा विराट भेट्रान फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो ।
अत्यन्तै रोमान्चक भएको खेलमा निर्धारित समयमा विर्तामोड युनाइटेड र विराट भेट्रान क्लबका खेलाडीले कुनैपनि गोल गर्न सकेनन् । दुवै टिमले पाएका थुप्रै अवसरहरु गुमाउँदै निर्धारित समय बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । जसमा विर्तामोड युनाइटेड विजयी भयो ।
विर्तामोडको तर्फबाट सन्तोष बस्नेत, मित्र बस्नेत, रमेश गुरुङ्ग र प्रेम लिम्बुले गोल गरे । विराटको तर्फबाट सुनिलकुमार सुवेदी, डेनिम राई र विनोद धिमालले गोल गरे भने, सञ्जीव बुढाथोकी र योगेन्द्र राईको प्रहार विर्तामोडका गोल किप्पर किरण बडुवाले बिफल बनाईदिए ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल किप्पर किरण बडुवा घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ९माम० र मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले संयुक्त रुपमा नगदसहित ट्रफि प्रदान गरे ।
काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेल धरान भेट्रान फुटबल क्लब सुनसरी र मिलन मोर सिलगुढी, भारत बिच दिनको ३ बजेदेखि हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्