मेचीनगरका नयन बराललाई वर्ष उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड

2023-03-15 मा प्रकाशित

बाहुण्डाँगी । झापाका सफल निर्माण व्यवसायी नयन बराल २०७९ को उत्कृष्ट निर्माण व्यवासयीको अवार्डद्धारा सम्मानित हुनु भएको छ । काठमाडौँमा सम्पन्न निर्माण व्यवसायी संघको २४ औँ राष्टिय महाधिवेशनमा बराललाई कोशी प्रदेशकै उत्कृष्ट व्यवासयाीका रुपमा सम्मान गरिएको हो । उहाँलाई निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रबि सिंह, केन्द्रीय महासचिव रोशन दाहाल र सडक डिविजनका प्रमुखले अवार्ड र सम्मान पत्रद्धारा सम्मान गरिएको हो । उक्त सम्मान पत्रमा पूर्व मन्त्री नारायणकाजी श्रेष्ठको हस्ताक्षर रहेको थियो । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको थियो ।

झापा मेचीनगर ४ बाहुण्डाँगी घर भइ धुलावारीमा बस्दै आउनु भएका बराल विगत १४ वर्षदेखि झापालाई कर्मथलो बनाएर निर्माण व्यवसायका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँको उदेश्य निर्माण सेवा मेचीनगरमा दर्ता भएर यस क्षेत्रका विभिन्न निर्माणका कामहरु गर्दै आउनु भएको छ ।

सरल, शालिन स्वभावका बरालले गरेका निर्माण क्षेत्रका दर्जनौ कार्यहरु उदाहरणीय बनेका छन् । व्यवसायसँगै सामाजिक अभियानमा समेत सक्रिय रहनु भएका बराल विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनु भएको छ । उहाँले प्राप्त गरेको सम्मानले यस क्षेत्रका अन्य व्यवसायहरुलाई समेत प्रेरणा बनेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु